Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश ५ को लुम्विनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक

lumbini_nilpAeScuC-1557365912.jpg

२६ वैशाख, हेटौँडा । प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्विनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्विनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो । 
समग्र लुम्विनीलाई पर्यटन प्रवद्र्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्विनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको सो भ्रमण वर्ष आगामी जेष्ठ ४ गते लुम्विनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने पनि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । 
प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने सो पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको पनि स्पष्ट पारेका छन् । कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्विनी भ्रमण वर्षको निम्तो दिनेछ ।
भ्रमण वर्ष कार्यक्रम अन्तरगत आगामी जेष्ठ ५ गते लुम्विनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ । त्यसैगरी लुम्विनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक द्धिप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि संचालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।
जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अरव बौद्धमार्गीहरुलाई लुम्विनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार