२६ वैशाख, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
दुवै मुलुकको औपचारिक भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललगायतले विदाई गरेका थिए ।
त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । भियतनामका प्रधानमन्त्री न्यूग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको ५ दिनको भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको निमन्त्रणामा त्यहाँको ३ दिने भ्रमणमा सहभागी हुनेछन ।
भियतनाममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी फुकसँग द्धिपक्षीय भेटवार्ता गर्ने र भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘अन्तराष्ट्रिय बुद्धिष्ट सम्मेलन’लाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुद्धको जन्मस्थल लुम्विनी र शान्तको सन्देशलाई विश्वभर फैल्याउन सो सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण हुने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भियतनामसँग तीन वटा समझदारी गर्ने सरकारको तयारी छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्धिपक्षीय परामर्श संयन्त्र निर्माणका विषयमा समझदारी गर्ने तयारी गरिएको हो ।
त्यसैगरी कम्बोडियाको भ्रमणका क्रममा द्धिपक्षीय हवाई उडानसम्बन्धि विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
दुवै मुलुकको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आगामी जेठ १ गते बुधबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















