१६ मंसिर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय देशको राष्ट्रिय सुरक्षामा खतरा बढेर गएको बताएका छन् ।
राप्रपाले मकवानपुरको हेटौँडामा विहिबार गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले देश टुक्र्याउन विखण्डनकारी शक्ति सक्रिय भएर लागेको भन्दै वेलैमा समस्या समाधान गर्न नसके राष्ट्रिय सुरक्षामा खतरा आउने बताए । ठूला राजनैतिक दलहरु समस्या समाधानमा भन्दा पनि कुर्सी र सत्ता केन्द्रित भएको उनको आरोप छ । आन्तरिक राजनीतिमा समेत बाह्य शक्तिको चलखेल बढेको भन्दै यसको अन्त्यका लागि राप्रपा बलियो शक्तिको रुपमा आएको थापाको भनाई छ ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले हरेक क्षेत्रमा राजनीतिकरण गरेर ठूला दलले देशलाई अस्तव्यस्त बनाएको बताए । उनले काँग्रेस र कम्प्युनिष्टले सत्तालाई देशको भन्दा पार्टीको स्वार्थमा प्रयोग गर्दा अर्थतन्त्र धरासायी भएको बताए । छिमेकी दुई देशले आर्थिक रुपमा फड्को पारेपनि नेपाल भने आर्थिक रुपमा कमजोर बन्दै जानुमा काँग्रेस र कम्प्युनिष्टको हात रहेको राणाको जिकिर थियो ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, केन्द्रिय सदस्य विक्रम पाण्डे लगायतले देशको बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाल आएको भन्दै जनताको समृद्ध नेपालको सपना पुरा हुने दावि गरे । कार्यक्रम राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष शिबराम थापाको अध्यक्षतामा भएको थियो ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















