Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर क्याम्पसमा अनियमितता भएको नेविसंघको आरोप

touchmaster_1557496647307-1557497156.jpg

२७ बैशाख, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष मिलन पुडासैनीले मकवानपुर क्याम्पसमा अनियमितता भएको बताएका छन् । 
शुक्रबार एक वक्तव्य जारी गर्दै नेवी संघ मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर बहुमुखी क्याम्पसमा सबै पक्षमा अनियमितता भएको आरोप लगाएको छ । 
‘क्याम्पसमा विद्यार्थी भर्ना हुने बेलादेखि अनियमितता हुँदै आएको छ’, उनले भने,‘पुस्तकालय विकास र भवन मर्मत शीर्षकमा विद्यार्थीसँग रकम असुलिन्छ । शुल्क लिने तर त्यस वापतको सेवा विद्यार्थीले पाएका छैनन् ।’ पुस्तकालयमा १० वर्षदेखि नयाँ किताब नआएको भन्दै उनले कक्षा कोठामा पनि मर्मत नपुगेको बताए । 
भर्ना हुने समयमा उठाइएको मर्मत शूल्कको कहाँ खर्च हुन्छ भन्दै उनले  विगतदेखि आयव्यय सार्वजनिकको लागि माग गर्दा समेत पारदर्शी हुन नसकेको आरोप लगाए । नेवि संघले क्याम्पसमा भएका आर्थिक गतिविधिहरु सबैको सामु पारदर्शी बनाउन पर्ने भन्दै विगतदेखि नै आवाज उठाउँदै आएको छ । 
‘हामीले विगतदेखी यही विषय उठान गर्दै आएका थियौँ’, उनले भने,‘क्याम्पस प्रशासनले कुनै वास्ता गरेन । हाम्रो मागलाई बेवास्ता गर्ने हो भने नेवि संघ कडा आन्दोलन गर्न पनि पछि पर्दैन ।’ 
‘क्याम्पसमा शिक्षक नियुक्त हुँदा पनि कुनै विज्ञापन हुँदैन । आफू अनुकुलको शिक्षक क्याम्पसमा नियुक्त भएका छन्’, उनले भने,‘प्रदेश तीनका मुख्यमन्त्री समेत रहेका व्यक्ति क्याम्पसको अध्यक्ष हुनुहुन्छ तर आर्थिक पारदर्शीतामा कुनै भूमिका उहाँको देखिदैन । विगतमा जसरी क्याम्पस सञ्चालन भएको छ हालसम्म पनि त्यस्तै अवस्था छ । 
छात्रावृत्तिमा पनि राजनीतिक चलखेल हुन्छ, जो शक्तिमा छ उसैले पाउने प्रवृत्ति क्याम्पसमा हावी छ ।’ बस सञ्चालनको लागि २०७३ साल फागुनमा नै रकम छुट्टिसकेको तर हालसम्म बस सञ्चालनमा नआउँदा क्याम्पस सञ्चालक समितिसमक्ष प्रश्नचिन्ह खडा भएको बताए । 
नेपालका बिभिन्न जिल्लाहरुका लागि अध्ययनको गन्तव्य बनेको क्याम्पसमा यस्तै गतिविधिहरु भईरहने हो भने विद्यार्थीहरुमा पनि नैराश्यता उत्पन्न हुने उनले दावी गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार