Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

संसदीय पत्रकार मञ्च गण्डकीको टोली हेटौँडामा

touchmaster_1557500925505-1557501080.jpg

२७ वैशाख, हेटौंडा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ ।
मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ ।
प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रदेश सभाका सचिव रामशरण घिमिरेले गण्डकी प्रदेशको पत्रकार टोलीलाई प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी गराउँदै प्रदेश सभा सचिवालयलाई व्यवस्थित गर्ने काम भईरहेको बताए ।
प्रदेश सभा सचिवालयमा भएको कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश ३ का अध्यक्ष राममणि दाहालले गण्डकी प्रदेशका पत्रकारहरुको स्वागत गर्दै प्रदेश ३ मा भईरहेको संसदीय रिपोर्टिङ्गको अवस्था र चुनौतीको बारेमा जानकारी गराएका थिए ।
उनले प्रदेश राजधानी नतोक्दा अस्थायी मानसिकताका कारण काम नभएको र प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर रहेको बताए ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका सचिव क्षेत्रीले संसदीय पत्रकारिता रिपोर्टिङ्गको अनुभव आदान प्रदान गर्न अध्ययन भ्रमण गरिएको भन्दै गण्डकी प्रदेश सभाले हालसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा  संसदीय पत्रकार मञ्च प्रदेश ३ को कार्यसमिति सदस्य सुदीप शिवाकोटी, अशोक सुजन श्रेष्ठ र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकार टोलीका सदस्यलगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार