२७ वैशाख, हेटौंडा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ ।
मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ ।
प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रदेश सभाका सचिव रामशरण घिमिरेले गण्डकी प्रदेशको पत्रकार टोलीलाई प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी गराउँदै प्रदेश सभा सचिवालयलाई व्यवस्थित गर्ने काम भईरहेको बताए ।
प्रदेश सभा सचिवालयमा भएको कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश ३ का अध्यक्ष राममणि दाहालले गण्डकी प्रदेशका पत्रकारहरुको स्वागत गर्दै प्रदेश ३ मा भईरहेको संसदीय रिपोर्टिङ्गको अवस्था र चुनौतीको बारेमा जानकारी गराएका थिए ।
उनले प्रदेश राजधानी नतोक्दा अस्थायी मानसिकताका कारण काम नभएको र प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर रहेको बताए ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका सचिव क्षेत्रीले संसदीय पत्रकारिता रिपोर्टिङ्गको अनुभव आदान प्रदान गर्न अध्ययन भ्रमण गरिएको भन्दै गण्डकी प्रदेश सभाले हालसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश ३ को कार्यसमिति सदस्य सुदीप शिवाकोटी, अशोक सुजन श्रेष्ठ र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकार टोलीका सदस्यलगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















