Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

असनको सम्पदा नष्ट नगर्न स्थानीयको माग

images_cms-image-00007435-1557536797.jpg

२८ वैशाख, हेटौँडा । काठमाडौंको असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन । 
असन वरपरको सबै सम्पदाहरुको नष्ट गर्ने उद्देश्यका साथ सो सम्पदा रहेको घरमा व्यापारिक भवन बनाउने निर्णय वायु देवता गुठी संस्थानले काठमाडौं महानगरपालिकाको मिलेमतोमा गरेको उल्लेख गर्दै स्थानीयले आपत्ति जनाएका हुन । 
घडी घरको नामले चिनिएको सो सम्पदामा व्यापारिक भवन बनाउने सो गुठी संस्थानको निर्णय सम्पदालाई मास्ने नियतका साथ आएकाले त्यसको विरोध गर्नु परेको स्थानीय सजीव बज्राचार्यले जानकारी दिए ।
वर्षौदेखि स्थानीयले भोगचलन गर्दै आएको सो सम्पदा रहेको घर वायु गुठी संस्थानले काठमाडांै महानगरपालिकासँग घुस खाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन । उनीहरुले सो सम्पदाको संरक्षण गर्न र स्थानीयले भोगचलन गर्दै आएको सो घर मासेर व्यापारिक भवन बनाउने काम गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन ।
शुक्रबार स्थानीयलाई विस्थापित गर्नेगरी सो ऐतिहासिक महत्वको घरमा व्यापारिक भवन बनाउने निर्णयको विरोध गर्न आह्वान गर्दै आयोजना गरिएको विरोधसभामा बोल्दै पूर्व मन्त्री हिसिला यमीले सरकार, काठमाडौं महानगरपालिका र सो गुठी संस्थानलाई असनको सम्पदाहरु नष्ट गर्ने अधिकार कसले दियो ? भनि प्रश्न गरिन । उनले व्यापारिक प्रयोजनको नाममा असनको सम्पदा नष्ट गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइन ।
‘असन कोथुननी बचाउ अभियान’को अगुवाईमा सो सम्पदा नष्ट नगर्न आह्वान गर्दै विरोध प्रर्दशन सुरु गरिएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार