Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

केवल टीभी तथा इन्टरनेट सेवा बन्द गर्ने चेतावनी

digital_tv_qSEKRLB9ei-1557537198.jpg

२८ वैशाख, हेटौँडा । इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ । 
नेपाल विद्युत प्राधिकरणले पोलको रेट बढाएको भन्दै इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन । 
५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजार भन्दा बढि पु¥याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महशुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टीभी तथा इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन । 
समितिका संयोजक सुवेदीले ३५ अरव बढि लगानी गरेका केवल टीभी संचालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै विरोध गरे ।
नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी संचालनहरुको गुनासो छ । 
ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण ईन्टरनेट तथा संचार माध्यामहरु प्रभावित हुनेछन । 
नेपाल केवल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्धनै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार