Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आदिबासि जनजाति महिलाले अधिकार खोसेर लिनुपर्छः मन्त्री लामा 

60258878_355744455299214_-1557573319.jpg

फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर

सुनिल शिवाकोटी 

२८ बैशाख, हेटौँडा । प्रदेश ३ का भुमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको अग्रगामी रुपान्तरणका लागि र देश विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै गणतन्त्र स्थापना भइसकेपनि महिलाले अधिकार पाउन नसकेकोले अब आदिबासि जनजाति महिलाले अधिकार मागेर होइन खोसेर लिनुपर्ने बताएका छन ।

राष्ट्रिय आदिबासि जनजाति महिला महासंघले शनिबार हेटौँडामा आयोजना गरेको आयोजित राष्ट्रिय आदिबासि जनजाति महिला महासंघको प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धी १ दिने तालिमको उदघाटनका क्रममा बोल्दै मन्त्री लामाले यसो बताएका हुन । 
मन्त्री लामाले कार्यक्रममा बोल्दै सामाजिक आर्थिक राजनितिक शैक्षिक जस्ता हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आदिबासि जनजातिहरूले आफ्नो उद्देश्य प्राप्तिका लागि प्रतिस्पर्धामा आउनुपर्ने बताए । 
उनले अब महिलाले मनोवल बढाउनु महिला शसक्त भएर अघि बढनुपर्ने भन्दै आफ्नो समुदायमा रहेका संभावित उत्पादनलाई जोड दिएर अगाडि बढ्नुपर्ने बताए । 
मन्त्री लामाले कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थपन र निर्यात गरी समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न आजको टड्कारो आवश्यकता  रहेको र यो काममा महिला सहभागिता निकै महत्वपुर्ण रहने कुरामा जोड दिए । 
आदिबासि जनजाति महिला महासंघ प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धि तालिम कार्यक्रम महासंघको केन्द्रीय अध्यक्ष चिनिमाया माझिको सभापतित्वमा भएको कार्यक्रममा आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला अध्यक्ष तिर्थ बहादुर थापा, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर नेपाल मगर महिला संघकी ३ नं प्रदेश सचिव तथा जिल्ला अध्यक्ष डेमिज थापा मगर, 
महासंघकी केन्द्रीय उपाध्यक्ष लक्कि गणेश गनगाई, आदिबासि जनजाति महासंघ  हेटौँडा नगर अध्यक्ष जङ्ग बहादुर गुरुङ, नेपाल कुमाल संघका भैरव बहादुर कुमाल  लगायतकाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी कमला थापाले तालिममा सहभागि महिलाहरुलाई सहजीकरण गर्ने बताईएको छ । कार्यक्रममा प्रदेशका १३ जिल्लाका करिब ५०आदिबासि जनजाति महिलाहरुको सहभागिता रहेको छ ।  महासंघले आजै प्रदेश ३ आदिबासि जनजाति महासंघ समन्वय समिति गठन गरिने राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझिले बताईन । 

60001270_2488336517846037-1557573319.jpg

फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार