फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर
सुनिल शिवाकोटी
२८ बैशाख, हेटौँडा । प्रदेश ३ का भुमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको अग्रगामी रुपान्तरणका लागि र देश विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै गणतन्त्र स्थापना भइसकेपनि महिलाले अधिकार पाउन नसकेकोले अब आदिबासि जनजाति महिलाले अधिकार मागेर होइन खोसेर लिनुपर्ने बताएका छन ।
राष्ट्रिय आदिबासि जनजाति महिला महासंघले शनिबार हेटौँडामा आयोजना गरेको आयोजित राष्ट्रिय आदिबासि जनजाति महिला महासंघको प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धी १ दिने तालिमको उदघाटनका क्रममा बोल्दै मन्त्री लामाले यसो बताएका हुन ।
मन्त्री लामाले कार्यक्रममा बोल्दै सामाजिक आर्थिक राजनितिक शैक्षिक जस्ता हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आदिबासि जनजातिहरूले आफ्नो उद्देश्य प्राप्तिका लागि प्रतिस्पर्धामा आउनुपर्ने बताए ।
उनले अब महिलाले मनोवल बढाउनु महिला शसक्त भएर अघि बढनुपर्ने भन्दै आफ्नो समुदायमा रहेका संभावित उत्पादनलाई जोड दिएर अगाडि बढ्नुपर्ने बताए ।
मन्त्री लामाले कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थपन र निर्यात गरी समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न आजको टड्कारो आवश्यकता रहेको र यो काममा महिला सहभागिता निकै महत्वपुर्ण रहने कुरामा जोड दिए ।
आदिबासि जनजाति महिला महासंघ प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धि तालिम कार्यक्रम महासंघको केन्द्रीय अध्यक्ष चिनिमाया माझिको सभापतित्वमा भएको कार्यक्रममा आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला अध्यक्ष तिर्थ बहादुर थापा, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर नेपाल मगर महिला संघकी ३ नं प्रदेश सचिव तथा जिल्ला अध्यक्ष डेमिज थापा मगर,
महासंघकी केन्द्रीय उपाध्यक्ष लक्कि गणेश गनगाई, आदिबासि जनजाति महासंघ हेटौँडा नगर अध्यक्ष जङ्ग बहादुर गुरुङ, नेपाल कुमाल संघका भैरव बहादुर कुमाल लगायतकाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी कमला थापाले तालिममा सहभागि महिलाहरुलाई सहजीकरण गर्ने बताईएको छ । कार्यक्रममा प्रदेशका १३ जिल्लाका करिब ५०आदिबासि जनजाति महिलाहरुको सहभागिता रहेको छ । महासंघले आजै प्रदेश ३ आदिबासि जनजाति महासंघ समन्वय समिति गठन गरिने राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझिले बताईन ।
फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







