२८ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिको भित्रै रहेको सर्वासाधरणले स्वास्थ्थ उपचारका लागि घण्टौ हिडनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
यो कुरा सत्य हो हेटौँडा वडा नम्बर १ का वडाबासिले स्वास्थ्थ उपचारका लागि घण्टौ हिडनुपर्ने बाध्यता थियो । जोखिमपुर्ण बाटो तथा स्वास्थ्थ संस्थाको अभावले उक्त वडाका वडाबासि स्वास्थ्थ उपचारका लागि हेटौँडा बजार आइपुग्न घण्टौ हिडनुपथ्थो तर अब यो बाध्यताको अन्त्य भएको छ । हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा शनिबार स्वास्थयचौकीको शिलान्यास भएसंगै अब यस बाध्यताको अन्त्य भएको हो ।
शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत सहभागितामा करिब ६० लाख रुपैयाँ खर्चिएर स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो ।
स्वास्थ्य चौकी निर्माणको लागि हेटौंडा उपमहागरपालिकाले ४८ लाख रुपैयाँ र स्थानीयको लागत सहभागिताबाट १२ लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ खर्च हुने वडाध्यक्ष सविन न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेले स्वास्थ्य चौकी निर्माण भएपश्चात १ नम्बर वडाका नकौली, लामीडाँडा, घट्टखोला, माथिल्लो मैनटार र १९ नम्बर वडाका केही क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने र स्वास्थ्य चौकी निर्माण पश्चात १ नम्बर वडा र १९ नम्बर वडाका गरी ४ हजार जनाले प्रत्यक्ष रुपमा सेवा लिन सक्ने वडा अध्यक्ष न्यौपानेको बताए ।
हेटौँडा नगर भित्रै रहेर स्वास्थ्थ उपचारका लागि घण्टौँ हिडेर हेटौँडा बजार जानुपथ्र्थो अब त्यो बाध्यताको अन्त्य हुने स्वास्थयचौकीको शिलान्यास कार्यक्रममा भेटिएका अमित देवकोटाले बताए । देवकोटाले वडाध्यक्षको विशेष पहल र उपमहानगरपालिकाको सहकार्यका लागि धन्यवाद समेत दिए स्वास्थ्य चौकी जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















