२९ वैशाख, हेटौँडा । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । न्यौपाने संघका संस्थापक अध्यक्ष समेत हुन् ।
यस्तै संघको उपाध्यक्षमा बालकृष्ण बजगाइँ, सचिवमा पुरुषोत्तम पौडेल, सहसचिवमा नारायणप्रसाद बर्तौला, कोषाध्यक्षमा स्वयम्भु शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा रोशन सापकोटा, सुदिप तिमल्सिना, मनु सिनुरिया बनियाँ, गोपाल श्रेष्ठ र हरिशचन्द्र बर्तौला चयन भएका छन् । संघका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै महतले हेटौंडाको सडक साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउँदै सडक विस्तार गर्नुपर्ने बताएका थिए । उनले हेटौँडाको सडक सरकारले भत्काउन नसके उपमहानगरपालिकालाई अधिकार दिनु आग्रह समेत गरे । नगर निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्पुर्ण हुने बताउँदै प्रमुख महतले उपमहानगरपालिकाले आयोजना गर्ने विकास निर्माणका काममा सहयोग गर्न आग्रह पनि गरे ।
प्रमुख महतले हेटौंडा नगरको विकासका लागि केही महत्वकांक्षी योजनाको डीपीआर तयार भैरहेको पनि जानकारी दिए । हेटौंडा–१० मा बस टर्मिनल र भ्यू टावरको डीपीआर अन्तिम चरणमा रहेको प्रमुख महतले बताए । यस्तै उनले सानोपोखराबाट मनकामना मन्दिरसम्म केवुल कार सञ्चालनको लागि निजी कम्पनीसंग सहकार्य भैरहेको पनि बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवा, उपाध्यक्ष रामप्रसाद न्यौपाने, निर्माण सामग्री व्यवसायी संघका सल्लाहकार अशोक शाक्य लगायतको उपस्थिति रहेको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



