२९ वैशाख, हेटौँडा । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । न्यौपाने संघका संस्थापक अध्यक्ष समेत हुन् ।
यस्तै संघको उपाध्यक्षमा बालकृष्ण बजगाइँ, सचिवमा पुरुषोत्तम पौडेल, सहसचिवमा नारायणप्रसाद बर्तौला, कोषाध्यक्षमा स्वयम्भु शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा रोशन सापकोटा, सुदिप तिमल्सिना, मनु सिनुरिया बनियाँ, गोपाल श्रेष्ठ र हरिशचन्द्र बर्तौला चयन भएका छन् । संघका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै महतले हेटौंडाको सडक साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउँदै सडक विस्तार गर्नुपर्ने बताएका थिए । उनले हेटौँडाको सडक सरकारले भत्काउन नसके उपमहानगरपालिकालाई अधिकार दिनु आग्रह समेत गरे । नगर निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्पुर्ण हुने बताउँदै प्रमुख महतले उपमहानगरपालिकाले आयोजना गर्ने विकास निर्माणका काममा सहयोग गर्न आग्रह पनि गरे ।
प्रमुख महतले हेटौंडा नगरको विकासका लागि केही महत्वकांक्षी योजनाको डीपीआर तयार भैरहेको पनि जानकारी दिए । हेटौंडा–१० मा बस टर्मिनल र भ्यू टावरको डीपीआर अन्तिम चरणमा रहेको प्रमुख महतले बताए । यस्तै उनले सानोपोखराबाट मनकामना मन्दिरसम्म केवुल कार सञ्चालनको लागि निजी कम्पनीसंग सहकार्य भैरहेको पनि बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवा, उपाध्यक्ष रामप्रसाद न्यौपाने, निर्माण सामग्री व्यवसायी संघका सल्लाहकार अशोक शाक्य लगायतको उपस्थिति रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















