Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वनको अध्यक्षका लागि पूर्व अध्यक्षहरू प्रतिष्पर्धामा

Text-Over-Photo1557676247-1557677261.jpg

२९ बैशाख, हेटौंडा । मकवानपुरको पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । जेठ ४ गते हुने निर्वाचनमा अध्यक्षका लगि अर्जुनप्रसाद दाहाल र लक्ष्मण कटुवालको उम्मेदवारी परेको हो । 
अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका दाहाल र कटुवालले २ पटक वन समितिको कार्यकाल चलाईसकेका छन् । कटुवाल वन समितिको पूर्व अध्यक्ष हुन् भने दाहाल निर्वतमान अध्यक्ष हुन् । तेश्रो कार्यकालका लागि ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन दुवै अध्यक्ष पदका उम्मेद्वार लागि परेका छन् । दाहाल र कटुवालबिच यश अघि पनि एक पटक चुनावी प्रतिष्पर्धा भएको थियो । त्यो निर्वाचनमा दाहालले कटुवाललाई पराजित गरेका थिए । कटुवाल जवाफ फर्काउने दाउमा छन् भने दाहाल विजयलाई निरन्तरता दिने दाउमा छन् ।
त्यसैगरी  सहसचिव पदमा उमा दाहाल, झुलमाया राई र विदुर प्रसाद चौलागाईको उम्मेदवारी परेको छ । सामुदायिक वनलाई उपभोक्ताहरुको सहजताका लागि क्षेत्रगत रुपमा संयोजक चयन गरेर वन समितिले काम गरिरहेको छ । ६ वटा क्षेत्रमा वन समितिलाई छुट्याएको समूहका कार्यालय सचिव केदार गौतमले जानकारी दिए । ६ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा सर्वसम्मत संयोजक चयन भईसकेका छन् भने क्षेत्र नम्बर ३ का लागि निर्वाचन हुने भएको छ । 
क्षेत्र नम्बर तीनका लागि ५ जनाको उम्मेद्वारी परेको छ । चित्रकुमार गौतम, यतिन्द्र पुडासैनी, रोशन घिमिरे, उत्तम रिमाल र शंकर प्रसाद तिमलिसनाको ३ नम्बर क्षेत्रीय संयोजकको लागि उम्मेदवारी परेको हो । समूहको बाँकी रहेको पदमा भने बैशाख १३ गते भएको विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन भईसकेका छन् । उपाध्यक्षमा कल्पना पराजुली, सचिवमा सरिता खड्का गौतम, कोषाध्यक्ष राजन चौलागाई रहेका छन् । त्यसैगरी प्रदेश महिला संयोजकमा सावित्री तिमल्सिना, गोमा काफ्ले र कल्पना राई सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले जानकारी दिए । 
त्यस्तै, १ नम्बर क्षेत्रीय संयोजकमा केदार पुडासैनी, २ मा श्रीलाल थिङ, ४ मा आनन्द प्रसाद सापकोटा, ५ मा अर्जुन बहादुर राई र ६ नम्बर क्षेत्रीय संयोजकमा केदार बहादुर बस्नेत सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी समूहको लेखा समिति संयोजकमा श्यामलाल श्रेष्ठ र सदस्यहरुमा मन्दिरा घिमिरे र जयराम घिमिरे चयन भएका हुन् । 
हेटौंडा उपमहानगरपालिकाको ६, १६, १७ र मकवानपुर गढी गाउँपालिकाको २ र ३ नम्बर वडालाई यस वनले समेटेको छ । 
जेठ ४ गते हुने निर्वाचनमा १ हजार ९ सय मतदाताले आफ्नो मदाधिकार प्रयोग गर्ने कार्यालय सचिव केदार गौतमले बताए । जिल्लाकै उत्कृष्ट वन समूहको रुपमा रहेको चुच्चेखोला सामुदायिक वन समूहले २०७१ सालमा गणेशमान सिं वन संरक्षण दोश्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । २ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहले लोपोन्मुख सालकको संरक्षण गर्दै सालक पार्कको समेत निर्माण गरेको छ । 
सालक पार्क मकवानपुर जिल्लामा मात्रै नभई कान्तिलोकपथको यात्रा गर्ने देशभरका पर्यटकको लागि पर्यटकीय गन्तव्यको रुपमा समेत रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार