२९ बैशाख, हेटौंडा । मकवानपुरको पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । जेठ ४ गते हुने निर्वाचनमा अध्यक्षका लगि अर्जुनप्रसाद दाहाल र लक्ष्मण कटुवालको उम्मेदवारी परेको हो ।
अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका दाहाल र कटुवालले २ पटक वन समितिको कार्यकाल चलाईसकेका छन् । कटुवाल वन समितिको पूर्व अध्यक्ष हुन् भने दाहाल निर्वतमान अध्यक्ष हुन् । तेश्रो कार्यकालका लागि ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन दुवै अध्यक्ष पदका उम्मेद्वार लागि परेका छन् । दाहाल र कटुवालबिच यश अघि पनि एक पटक चुनावी प्रतिष्पर्धा भएको थियो । त्यो निर्वाचनमा दाहालले कटुवाललाई पराजित गरेका थिए । कटुवाल जवाफ फर्काउने दाउमा छन् भने दाहाल विजयलाई निरन्तरता दिने दाउमा छन् ।
त्यसैगरी सहसचिव पदमा उमा दाहाल, झुलमाया राई र विदुर प्रसाद चौलागाईको उम्मेदवारी परेको छ । सामुदायिक वनलाई उपभोक्ताहरुको सहजताका लागि क्षेत्रगत रुपमा संयोजक चयन गरेर वन समितिले काम गरिरहेको छ । ६ वटा क्षेत्रमा वन समितिलाई छुट्याएको समूहका कार्यालय सचिव केदार गौतमले जानकारी दिए । ६ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा सर्वसम्मत संयोजक चयन भईसकेका छन् भने क्षेत्र नम्बर ३ का लागि निर्वाचन हुने भएको छ ।
क्षेत्र नम्बर तीनका लागि ५ जनाको उम्मेद्वारी परेको छ । चित्रकुमार गौतम, यतिन्द्र पुडासैनी, रोशन घिमिरे, उत्तम रिमाल र शंकर प्रसाद तिमलिसनाको ३ नम्बर क्षेत्रीय संयोजकको लागि उम्मेदवारी परेको हो । समूहको बाँकी रहेको पदमा भने बैशाख १३ गते भएको विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन भईसकेका छन् । उपाध्यक्षमा कल्पना पराजुली, सचिवमा सरिता खड्का गौतम, कोषाध्यक्ष राजन चौलागाई रहेका छन् । त्यसैगरी प्रदेश महिला संयोजकमा सावित्री तिमल्सिना, गोमा काफ्ले र कल्पना राई सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले जानकारी दिए ।
त्यस्तै, १ नम्बर क्षेत्रीय संयोजकमा केदार पुडासैनी, २ मा श्रीलाल थिङ, ४ मा आनन्द प्रसाद सापकोटा, ५ मा अर्जुन बहादुर राई र ६ नम्बर क्षेत्रीय संयोजकमा केदार बहादुर बस्नेत सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी समूहको लेखा समिति संयोजकमा श्यामलाल श्रेष्ठ र सदस्यहरुमा मन्दिरा घिमिरे र जयराम घिमिरे चयन भएका हुन् ।
हेटौंडा उपमहानगरपालिकाको ६, १६, १७ र मकवानपुर गढी गाउँपालिकाको २ र ३ नम्बर वडालाई यस वनले समेटेको छ ।
जेठ ४ गते हुने निर्वाचनमा १ हजार ९ सय मतदाताले आफ्नो मदाधिकार प्रयोग गर्ने कार्यालय सचिव केदार गौतमले बताए । जिल्लाकै उत्कृष्ट वन समूहको रुपमा रहेको चुच्चेखोला सामुदायिक वन समूहले २०७१ सालमा गणेशमान सिं वन संरक्षण दोश्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । २ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहले लोपोन्मुख सालकको संरक्षण गर्दै सालक पार्कको समेत निर्माण गरेको छ ।
सालक पार्क मकवानपुर जिल्लामा मात्रै नभई कान्तिलोकपथको यात्रा गर्ने देशभरका पर्यटकको लागि पर्यटकीय गन्तव्यको रुपमा समेत रहेको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


