Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलको उपाधि मुम्बईलाई

malinga_uBzopBiecG-1557706664.jpg

३० वैशाख, हेटौँडा । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले १२ औँ संस्करणको आईपीएलको उपाधि जितेको छ । यो जित संगै मुम्बई आइपिएलमा सबैभन्दा सफल टिम समेत बनेको छ । उसले यो संस्करण सहित मुम्बइले ४ पटक उपाधि जितेको छ ।  
मुम्बईको जितका लागि केइरन पोलार्डले सवाधक ४१ रन बनाए । यस्तै ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३, हार्दिक पाण्ड्याले १६ रन बनाए भने रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए । बलिङतर्फ चेन्नईका लदिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए । 
१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । 
यस्तै चेन्नईका लागि फाफ डु प्लेसिसले २६, ड्वाइन ब्राभोले १५ रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । सुरेश रैना ८, आम्बाती रायडू १, महेन्द्र सिंह धोनी २ रनमा आउट भए ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने कुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक÷एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए । 
चेन्नईका लागि शेन वाटसनले विस्फोटक ब्याटिङ गर्दै ८० रन बनाए पनि उपाधि जिताउन भने सकेनन् । वाटसन आउट भएपछि चेन्नईलाई जितका लागि ४ रनको आवश्यकता थियो । अन्तिम दुई बलमा चेन्नईले केवल दुई रन मात्र बनाउन सक्यो । (एजेन्सी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार