Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन पहल गर्छुः अध्यक्ष तिमिल्सिना

rajdhani-22-1557796739.jpg

३१ वैशाख, हेटौँडा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धि विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा उक्त विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै सो विधेयकलाई पारित गराउने बताएका छन् । 
उहाँले उक्त विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।
अध्यक्ष तिमिल्सिनाले उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने बताए ।
यता, महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको सो विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भिर ध्यानाकर्षण गराएका थिए । 
उनले लोकतन्त्रमा पनि सरकारले प्रेस स्वतन्त्रा विरोधी प्रावधान राखेर कानुन बनाउन लागेकाले महासंघले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको बताए ।
सरकारले ल्याएको विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिवाना हुने’ प्रावधान राखिएकोमा नेपाल पत्रकार महासंघको आपत्ति छ । 
महासंघले विज्ञान तथा सूचना प्रविधिसम्बन्धि विधेयक पनि संविधानको प्रावधान विपरित आएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार