३१ वैशाख, हेटौँडा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धि विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा उक्त विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै सो विधेयकलाई पारित गराउने बताएका छन् ।
उहाँले उक्त विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।
अध्यक्ष तिमिल्सिनाले उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने बताए ।
यता, महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको सो विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
उनले लोकतन्त्रमा पनि सरकारले प्रेस स्वतन्त्रा विरोधी प्रावधान राखेर कानुन बनाउन लागेकाले महासंघले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको बताए ।
सरकारले ल्याएको विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिवाना हुने’ प्रावधान राखिएकोमा नेपाल पत्रकार महासंघको आपत्ति छ ।
महासंघले विज्ञान तथा सूचना प्रविधिसम्बन्धि विधेयक पनि संविधानको प्रावधान विपरित आएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







