Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

संविधान प्रतिकूल ल्याइएका विधेयक फिर्ता गर्न काँग्रेसको माग

rajdhani-27-1557924979.jpg

१ जेष्ठ, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । 
नेपाली काँग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । 
संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 
काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिइएको छ । नेपाली काँग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार