१ जेठ, हेटौँडा । डिभिजन वन कार्यालय, हेटौंडाका तत्कालीन डिभिजन वन अधिकृत प्रल्हादप्रसाद धितालसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी सहित अन्य २० जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरको हो ।
ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी गरी २० लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा तथा एक करोड ५८ लाख ७० हजार ७ सय ९० राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानी नोक्सानी र्पुयाएकोले अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन ।
अख्तियारले तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादवलाई विपक्षी बनाइएको छ।
त्यस्तै वन रक्षक देविप्रसाद गौतम, होटल सामना प्रा।लि। हेटौंडा– ४, मकवानपुरका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका सञ्चालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवम् सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया–२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरासाइनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिनलाई पनि अख्तियारले विपक्षी बनाएको छ।
अख्तियारले काठ दाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरू सोमबहादुर तिमल्सिना, सूर्जबहादुर जिम्बा भन्ने सूर्यबहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन भन्ने शुक्रबहादुर भुलनको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















