२ जेठ, हेटौँडा।मिडिया काउन्सिल गठनसम्बन्धी विधेयक र दर्ता हुन लागेको आमसञ्चार सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र संचारक्षेत्रलाई सरकारको भजनमण्डली बनाउने तथा आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रदेश ३को राजधानी हेटौँडामा विरोध प्रदर्शन गरेको छ ।
हेटौंडा४ सिमाचोकबाट सुरु भएको विरोध प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघमा पुगि पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै प्रेस युनियन मध्यमाञ्चल संयोजक तथा पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष राममणि दाहालले सरकारले ल्याउन लागेको विधेयकमा व्यवस्था गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाले नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने बताए । उनले उक्त विधेयकले सत्ता र शक्तिमा रहेकाहरुले संचारमाध्यम सरकारको भजनमण्डली बनाउन तयार भएको बताएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।प्रेस युनियनको मध्यमाञ्चल संयोजक राममणि दाहालको प्रमुख अतिथ्यतामा भएको विरोध कार्यक्रममा महासंघका प्रदेश ३ का उपाध्यक्ष नानी मैया कार्की(सम्झना) महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस युनियनका पूर्व अध्यक्ष गोकर्ण सुवेदी, जिल्ला उपाध्यक्ष मणिराज गौतम, सचिव केशब सुवेदी लगायत युनियनमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको थियो ।
यसै क्रममा मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकको विरुद्धमा भोलि शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा हेटौंडामा सञ्चार सामाग्री प्रदर्शन गरी प्रेस स्वतन्त्रताविरोधी विधेयक सच्याउन सरकारलाई दबाब दिने कार्यक्रम रहेको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । महासंघको अगुवाईंमा बुधबार मकवानपुरका सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने युनियन र महासंघले सरोकारवालासँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















