Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विधेयकको विरुद्ध प्रेस युनियन मकवानपुरको विरोध (फोटो फिचर)

IMG_7362-1557981239.JPG

२ जेठ, हेटौँडा।मिडिया काउन्सिल गठनसम्बन्धी विधेयक र दर्ता हुन लागेको आमसञ्चार सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र संचारक्षेत्रलाई सरकारको भजनमण्डली बनाउने तथा आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रदेश ३को राजधानी हेटौँडामा विरोध प्रदर्शन गरेको छ ।  
हेटौंडा४ सिमाचोकबाट सुरु भएको विरोध प्रदर्शन  मकवानपुर उद्योग वाणिज्य संघमा पुगि पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै प्रेस युनियन मध्यमाञ्चल संयोजक तथा पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष राममणि दाहालले सरकारले ल्याउन लागेको विधेयकमा व्यवस्था गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाले नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने बताए । उनले उक्त विधेयकले सत्ता र शक्तिमा रहेकाहरुले संचारमाध्यम सरकारको भजनमण्डली बनाउन तयार भएको बताएका छन । 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।प्रेस युनियनको मध्यमाञ्चल संयोजक राममणि दाहालको प्रमुख अतिथ्यतामा भएको विरोध कार्यक्रममा महासंघका प्रदेश ३ का उपाध्यक्ष नानी मैया कार्की(सम्झना) महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस युनियनका पूर्व अध्यक्ष गोकर्ण सुवेदी, जिल्ला उपाध्यक्ष मणिराज गौतम, सचिव केशब सुवेदी लगायत युनियनमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको थियो ।

यसै क्रममा मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकको विरुद्धमा   भोलि शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा हेटौंडामा सञ्चार सामाग्री प्रदर्शन गरी प्रेस स्वतन्त्रताविरोधी विधेयक सच्याउन सरकारलाई दबाब दिने कार्यक्रम रहेको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । महासंघको अगुवाईंमा बुधबार मकवानपुरका सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने युनियन र महासंघले सरोकारवालासँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए ।  
 

IMG_7374-1557981239.JPG
IMG_7382-1557981239.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार