३ जेठ, हेटौंडा । संघीय सरकारले विभिन्न विभुषण बाँडेजस्तै ३ नम्बर प्रदेश सरकारले पनि २२ वटा पदक बाँड्ने भएको छ ।
प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको 'विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा यस्तो उल्लेख गरिएको छ । प्रदेशस्तरमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गरिने उल्लेख छ ।
आन्तिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयकमा प्रदेश शान्ति तथा सुरक्षा अन्तरगत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद अन्तरगत शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, प्रदेश कृषि तथा सहकारी अन्तरगत कृषितर्फ कृषिकिरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, प्रदेश उद्योग , पर्यटन विकास तथा वातावरण संरक्षण अन्तरगत उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेशद्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गरिने छ ।
त्यस्तै, प्रदेश पुर्वाधार विकास अन्तरगत विकास सेवी, प्रदेश सूचना तथा सञ्चार अन्तरगत प्रदेशदूत, प्रदेश विज्ञान तथा प्रविधि अन्तरगत विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, प्रदेश भाषा, कला तथा संस्कृति र साहित्य अन्तरगत भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतृदीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक दिईने विधेयकमा उल्लेख छ ।
विधेयकमा प्रदेश सार्वजनिक प्रशासन तथा सुशासन अन्तरगत जनसेवा, विपद व्यवस्थापन अन्तरगत विपदसेवी र समाजसेवा लोककल्याण अन्तरगत प्रदेश परोपकार पदक दिईने उल्लेख छ ।
प्रदेश सरकारले प्रदान गर्ने पदक तथा सम्मान
सिफारिस गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्ष, प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रीपरिषदले तोकेको एक महिलासहित तीन जना सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहेको ६ सदस्यीय समिति रहने व्यवस्था गरिएको छ । समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मानपत्र प्रदान गरिने विधेयकमा उल्लेख छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















