३ जेठ, हेटौंडा । हेटौडामा रहेको वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार एक कार्यक्रमका विच शपथग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ ।बैशाख २८ गते भएको निर्वाचनमा विजयी भएका कार्यसमितिलाई शपथग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रामहरी चौलागाईले शपथ गराएका थिए भने मकवानपुरका डिभिजनल वा अधिकृत ईमनाथ पौडेलले प्रमाण पत्र वितरण गरेका थिए ।
बैशाख २८ गते भएको निर्वाचनमा अध्यक्ष भवसागर श्रेष्ठ, उपाध्यक्षमा मन्जु पौडेल, सचिवमा लक्ष्मी तिमल्सिना, सहसचिवमा राममान श्रेष्ठ र कोषाध्यक्षमा गोविन्दप्रसाद प्याकुरेल निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा पासाङ डोल्मा योन्जन, मन्जु नेपाल, उर्मिला न्यौपाने, तारा भण्डारी, सुशिला कडेल र मिना पराजुली विजयी भएका थिए ।
मकवानपुरका डिभिजनल वन अधिकृत ईमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम निर्वाचन समितिका संयोजक रामहरी चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजलन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, समूहका नवनिर्वाचित अध्यक्ष भवसागर श्रेष्ठ, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा,संचारकर्मी रुपेश दुलाल, निर्वाचन समितिका सदस्य शम्भुप्रसाद न्यौपाने, सदस्य सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















