Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मिडिया काउन्सिल विधेयक खारेज गर्न प्रर्दशन

2-1558097649.jpg

३ जेष्ठ, हेटौँडा । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । 
नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुले संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गरी ल्याइएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रर्दशन गरेका हुन । 
उक्त विधेयकको विरोधमा मुखमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सरकारविरुद्ध प्रर्दशनमा उत्रिनु परेको उल्लेख गर्दै मिडिया काउन्सिल सम्बन्धि सो विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । 
प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई पीडा दिने गरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाएपछि त्यसको विरुद्ध सडक संघर्ष गर्नु परेको बताए । 
उनले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सडकमा आएको उल्लेख गर्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नगरेसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।
महासंघले मिडिया काउन्सिल विधेयक संविधानको पनि प्रतिकूल हुने गरी आएकाले सरकारले तत्काल खारेज गर्नुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
प्रर्दशनकारीहरुले ‘पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर’, ‘पत्रकारहरुलाई पार्टीको भजन मण्डली बनाउने प्रयास नगर’ लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार