३ जेष्ठ, हेटौँडा । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ ।
नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुले संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गरी ल्याइएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।
उक्त विधेयकको विरोधमा मुखमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सरकारविरुद्ध प्रर्दशनमा उत्रिनु परेको उल्लेख गर्दै मिडिया काउन्सिल सम्बन्धि सो विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन ।
प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई पीडा दिने गरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाएपछि त्यसको विरुद्ध सडक संघर्ष गर्नु परेको बताए ।
उनले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सडकमा आएको उल्लेख गर्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नगरेसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।
महासंघले मिडिया काउन्सिल विधेयक संविधानको पनि प्रतिकूल हुने गरी आएकाले सरकारले तत्काल खारेज गर्नुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
प्रर्दशनकारीहरुले ‘पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर’, ‘पत्रकारहरुलाई पार्टीको भजन मण्डली बनाउने प्रयास नगर’ लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















