Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दैः केसी

6-1558185360.jpg

४ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिहं केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्ने गरि एक पछि अर्को कानुन बनाउदै गएको बताएका हुन् ।
राज्यका सम्पुर्ण सम्बैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती व्यक्त गरे । नेता केसीले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सुचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडक देखि सदन सम्म विरोध गर्ने बताए ।
यस्तै नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिवद्ध रहेको भन्दै त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको स्पष्ट पार्दै सरकारलाई लोकतन्त्रको मुल्य मान्यता विरुद्ध जान नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार