६ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले बर्तमान ओली सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको आरोप लगाएका छन् ।
कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गामा चलखेल, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको आरोप लगाए ।
कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा सोमबार थाहानगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै नेता के.सी.ले कांग्रेसले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखान टुक्का मात्रै बाढिरहेको बताए ।
ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने बताउँदै आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्यका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा परेको बताईन ।
अहिलेको सरकार चटकी सरकार भएको बताउँदै केन्द्रीय सदस्य डिनाले यो सरकारले खोक्रो र झुटा आश्वाशन मात्रै बाँडेको दाबी गरीन ।
कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनुबाहेक अरु सिन्कोसमेत भाँच्न नसकेको दाबी गरे ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







