७ जेठ, हेटौँडा । कांग्रेस मकवानपुर सभापति एवं प्रदेश नम्बर ३ संसदिय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरेको आरोप लगाएका छन । चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा मंगलबार हेटौँडामा आयोजित चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दे नेता बानियाले यसो बताएका हुन ।
उनले कांग्रेसले सदनबाट यस सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकको विरोध गर्ने बताएका छन । नेता बानियाँले पत्रकारहरुले पत्रकारीताको सिद्धान्त अनुरुपमा काम गर्नुपर्ने बताउदै केही पत्रकारहरुको पित पत्रकारीताले गर्दा सिङ्गो पत्रकारीता क्षेत्र बदनाम भएको बताए ।
चपस मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ संसद प्रेम बहादुर पुलामी,न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पराजुली ,लगायत नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यष प्रताप विष्ट, सल्लाहकार गिरिजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बानका उज्जवल चौँलागाई, संघका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, काग्रेस हेटौँडा नगर सभापतिअनान्दराम पराजुली, पत्रकार निराजन भण्डारी, कलाकार शोभिता सिम्खडा, सुशान्त कुमार श्रेष्ठ, उज्जवल भण्डारी ,मउवा संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जनालाई नगद राशि सहित सम्मान गरेको छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















