७ जेठ, हेटौँडा । मकवानपुरमा अहिले हेटौँडा उद्यौगिक क्षेत्रमा रहेको गंगा सोप तथा त्यस अघि बन्द भएको युनिक सोपका मजदुहरु यति बेला आन्दोलित भइरहेको छन।
यसै क्रममा ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले गंगा सोप तथा त्यस अघि बन्द भएको युनिक सोपका मजदुहरुलाई तलब नदिई सेवाबाट निकालेको आरोप लगाएको छ ।
न्युज क्लब नेपाल हेटौँडामा मंगलबार पत्रकार भेटघाटको आयोजना गरि ३ वटा ट्रेड युनियहरुको ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले उद्योगले विगत १३ बर्ष देखि संचालित उद्योग विना कारण बन्द गराई मजदुरहरुको रोजगारी खोस्ने काम गरेको आरोप लगाएका छन
पत्रकार भेटघाटमा बोल्दै ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरका संयोजक गंगाप्रसाद भट्टराईल युनिलिभर ब्यवस्थापक रहेको गंगा सोप तथा युनिक सोप बन्द गरिदा १०० भन्दा बढि श्रमिकहरुको रोजिरोटी खोसिएको बताए । उनले छिटो भन्दा छिटो युनिलिभरसंग सहमति गराई श्रमिकहरुको रोजकारी ग्यारेन्टी गर्न अनुरोध गरेका छन ।
नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष श्याम श्रेष्ठले श्रमिकहरुलाई बेरोजगार बनाएकोले छिटो भन्दा छिटो उद्योग पुन सञ्चालन हुनुपर्ने, श्रमिकहरुलाई पुर्नवाहालि गरिनुपर्ने बताए । उनले यदी ७ दिन भित्र त्यसो जेठ १३ गतेबाट युनिलिभरको मेन गेटमा धर्ना दिने बताए ।
यता पत्रकार सम्मेलनमा बोल्दै गंगा सोपका सञ्चालक तथा प्रदेश नंबर ३ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका इन्द्रबहादुर बाँनीयाले युनिलिभरले उद्योग संग गरेको तेस्रो पाटि सम्झौता भंग गरेको बताउदै युनिलिभरको यस कार्य प्रति आफुपनि रनभुल्लमा परेको बताए । बानियाले युनिलिभरले नेपाली उद्योगसंग सम्झौता भंग गरेर विदेशी उद्योगसंग सम्झौता गरी नेपाली उद्योगलाई वेवस्ता गर्दै विदेशी उद्योग भित्रयाउनलागि परेको आरोप लगाए ।
श्रमिकको तलब दिनु भएन रे नी भन्ने पत्रकारको प्रश्नमा बानियाले उद्योग बन्दा हुदा भन्दा अगाडीको कुनैपनि मजदुरको तलब बाकि नराखेको भन्दै युनिलिभरले उद्योग १ करोड नदिएको बताए । उनले भारतीय उद्योगपतिलाई लिएर नेपाली उद्योगलाई धरासायी बनाउने काम भईरहेको छ यो विषयमा सरकारले अहिले सोचिएन भने नेपाली उद्योग सदाका लागि बन्द हुने बताए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















