Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.

1-1558487141.jpg

८ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको आरोप लगाएका छन् ।
कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानलाई सम्बोधन गर्दै केसीले अहिलेको सरकार विकास र समृद्धि भन्दापनि भ्रष्टाचारमा लिप्त रहेको भन्दै कानुन र संविधान मिच्ने काममा लागेको आरोप लगाए । 
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको आदर्श, सिद्धान्त एवं ईतिहासदेखि अहिलेसम्म गरेका क्रियाकलापहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिनुका साथै कम्युनिष्ट सरकारले गरेका भष्ट्रचार, घुसखोरी, बलमिच्याई र झुठा आश्वासनको भण्डाफोर गर्न कांग्रेस दशैभर जागरण अभियान सञ्चालन गरिएको बताईन । 
यस्तै कांग्रेस मकवानपुर सभापति एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले देशैभर गरेको एकमहिने जागरण अभियानको बारेमा प्रष्ट पार्दै कांग्रेस गरिव, निमुखा, महिला, जनजातिको पक्षमा सधैँ लागिपर्ने बताए । नेता बानियाँले कम्युनिष्ट जस्तो काण्डैकाण्डमा फस्ने, झुटको खेति र गफ गरेर आफु कहिल्यै नबस्ने स्पष्ट पारे ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरि ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु, ४ नम्बर क्षेत्रका विभिन्न तहका पार्टीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा क्रियाशिल सदस्यहरुको उपस्तिथि रहेको थियो । 
 

2-1558487141.jpg
6-1558487142.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार