८ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको आरोप लगाएका छन् ।
कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानलाई सम्बोधन गर्दै केसीले अहिलेको सरकार विकास र समृद्धि भन्दापनि भ्रष्टाचारमा लिप्त रहेको भन्दै कानुन र संविधान मिच्ने काममा लागेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको आदर्श, सिद्धान्त एवं ईतिहासदेखि अहिलेसम्म गरेका क्रियाकलापहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिनुका साथै कम्युनिष्ट सरकारले गरेका भष्ट्रचार, घुसखोरी, बलमिच्याई र झुठा आश्वासनको भण्डाफोर गर्न कांग्रेस दशैभर जागरण अभियान सञ्चालन गरिएको बताईन ।
यस्तै कांग्रेस मकवानपुर सभापति एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले देशैभर गरेको एकमहिने जागरण अभियानको बारेमा प्रष्ट पार्दै कांग्रेस गरिव, निमुखा, महिला, जनजातिको पक्षमा सधैँ लागिपर्ने बताए । नेता बानियाँले कम्युनिष्ट जस्तो काण्डैकाण्डमा फस्ने, झुटको खेति र गफ गरेर आफु कहिल्यै नबस्ने स्पष्ट पारे ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरि ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु, ४ नम्बर क्षेत्रका विभिन्न तहका पार्टीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा क्रियाशिल सदस्यहरुको उपस्तिथि रहेको थियो ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















