८ जेठ, हेटौंडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।
बुधबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिका संयोजक पराजुलीको अध्यक्षतामा भएको सपथग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पौडेलले नवनिर्वाचित कार्यसमितिलाई वन क्षेत्रको संरक्षणमा दत्तचित्त भएर लाग्न आग्रह गरे । समुदायसंग प्रत्यक्ष रुपमा सहकार्य गर्दै सामुदायिक वन समूहहरु अघि बढ्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्जुनप्रसाद दाहालले राष्ट्रिय स्तरमा ख्याती कमाईसकेको वनलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन पहल गर्ने बताए । सालक संरक्षणका लागि वनले चालेको कदमलाई थप व्यवस्थित बनाउँदै निरन्तरता दिने उनले बताए । तीनै तहको सरकारसंग समन्वय गर्दै हरियो वन नेपालको धन मात्र नभई विपन्न र निमुखाको पनि धनको रुपमा सामुदायिक वनलाई अघि बढाउने उनले बताए ।
कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसदा चौलागाई, मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष वखान सिं पाख्रीन, ३ का अध्यक्ष भागवत घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















