९ जेष्ठ, हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा रहेको श्री वत्सलादेवी माद्यमिक विद्यालयमा प्राविधिक विषयको सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको हो ।
नेपाल सरकारबाट यसै शैक्षिकसत्र देखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त भई यही जेठ १५ गतेबाट कक्षा संचालन सुरु गर्न लागेको विद्यालयले जनाएको छ । विद्यालयले यस शैक्षिक सत्रका लागि कक्षा ९ मा ४८ जना बिद्यार्थी भर्ना गर्ने शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए ।
गाउँमै बसेर सिभिल इन्जिनियरिङ पढ्न पाउने अवसरलाई पूरा गर्न विद्यालयले गरेको प्रयास स्वरुप यस शैक्षिकसत्र देखि सो विषयको अध्यापन गर्ने अनुमती प्राप्त गरेको हो ।
विद्यालयले भुकम्प प्रतिरोधी आधुनिक भवन, पर्याप्त खेल मैदान, शान्त र अनुशासित वातावरण, अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालन, कक्षा ४ देखि १२ सम्म कम्प्युटर कक्षा र प्राक्टिकल, साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी र कन्फ्रेन्स हल, अडियो भिजुवेल कक्षा कोठाको व्यवस्था गरेको जनाएको छ ।
यसैगरी कक्षा ११ र १२ मा म्यानेजमेन्ट तथा एजुकेसन विषयको आध्यापन, प्रत्येक कक्षामा सिसि क्यामेराको व्यवस्था, स्वच्छ खानेपानी र आधुनिक शौचालय, फुटबल, भलिबल, गायन र नृत्य लगायतका क्रियाकलाप, दक्ष र अनुभवी शिक्षक तथा उच्च व्यवस्थापन लगायतका विशेषताहरु रहेको शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहित कक्षा ९ मा सिमित सिटका लागि मात्र भर्ना खुलेको कारण समयमै सिट सुरक्षित राख्न विद्यालयले आग्रह समेत गरेको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















