Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्द्रसरोवरको वत्सलादेवीमा सिभिल इन्जिनियरिङ पढाई हुने

aad-1558574046.jpg

९ जेष्ठ, हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा रहेको श्री वत्सलादेवी माद्यमिक विद्यालयमा प्राविधिक विषयको सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको हो ।  
नेपाल सरकारबाट यसै शैक्षिकसत्र देखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त भई यही जेठ १५ गतेबाट कक्षा संचालन सुरु गर्न लागेको विद्यालयले जनाएको छ । विद्यालयले यस शैक्षिक सत्रका लागि कक्षा ९ मा ४८ जना बिद्यार्थी भर्ना गर्ने शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए ।
गाउँमै बसेर सिभिल इन्जिनियरिङ पढ्न पाउने अवसरलाई पूरा गर्न विद्यालयले गरेको प्रयास स्वरुप यस शैक्षिकसत्र देखि सो विषयको अध्यापन गर्ने अनुमती प्राप्त गरेको हो । 
विद्यालयले भुकम्प प्रतिरोधी आधुनिक भवन, पर्याप्त खेल मैदान, शान्त र अनुशासित वातावरण, अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालन, कक्षा ४ देखि १२ सम्म कम्प्युटर कक्षा र प्राक्टिकल, साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी र कन्फ्रेन्स हल, अडियो भिजुवेल कक्षा कोठाको व्यवस्था गरेको जनाएको छ । 
यसैगरी कक्षा ११ र १२ मा म्यानेजमेन्ट तथा एजुकेसन विषयको आध्यापन, प्रत्येक कक्षामा सिसि क्यामेराको व्यवस्था, स्वच्छ खानेपानी र आधुनिक शौचालय, फुटबल, भलिबल, गायन र नृत्य  लगायतका क्रियाकलाप, दक्ष र अनुभवी शिक्षक तथा उच्च व्यवस्थापन लगायतका विशेषताहरु रहेको शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहित कक्षा ९ मा सिमित सिटका लागि मात्र भर्ना खुलेको कारण समयमै सिट सुरक्षित राख्न विद्यालयले आग्रह समेत गरेको छ ।
 

add-1558574047.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार