Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नियमावली संशोधनको विरोधमा ज्ञापनपत्र

60844469_580459615808816_-1558601328.jpg

 ९ जेठ,हेटौँडा। सरकारले गरेको सार्वजनिक खरिद नियमावली संशोधनले साना लगानीका निर्माण व्यवसायी मारमा परेको भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् ।
 यसै क्रममा निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री के पि ओलिलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनले नेपालको संविधानमा भएको व्यापार व्यवसाय गर्न पाउने मौलिक हक विपरीत भएकोले खारेजीको माग गरेको छन । 
 संघका अध्यक्ष श्यामसुन्दर ढकाल सहितको टोलि ज्ञापनपत्र  बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको थियो। ज्ञापनपत्रमा माग पूरा नभएमा निर्माण व्यवसायीहरुको इजाजतपत्र सरकारलाई बुझाउने, बोलपत्र बहिष्कार गर्ने, सञ्चालनमा रहेका विकास निर्माणका कार्य रोक्ने,हेभी यन्त्र उपकरणहरु सडकमा राख्नेलगायतका कार्य गर्ने उल्लेख गरिएको छ । 
निर्माण सामाग्रीहरु वर्षमा निश्चित महिनामात्र संकलन गर्न पाउने अवस्था रहेको, साइट क्लियर नभई ठेक्का लगाउने गरेको र समयमा भुक्तानी नगर्ने गरेकोले सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी थप नगर्ने गरी भएको संशोधन अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै निर्माण व्यवसायी संघले हालसम्मको निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको रकम तत्काल भुक्तानी गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।
  नेपाल निर्माण व्यवसायीमा आबद्ध १५ हजार निर्माण व्यवसायीमध्ये अधिकांश  निर्माण व्यवसायीहरु साना निर्माण व्यवसायी रहेकोले पाँचकरोडसम्मको निर्माण खरिदमा कुनै योग्यता आवश्यक नपर्ने व्यवस्था गर्न संघले माग गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार