Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकारलाई सेवाग्राही कार्यान्वयन इकाई स्थापना गर्न निर्देशन

Pradesh_3_Sgju5DZYvr-1558623943.jpg

९ जेठ, हेटौंडा । ३ नम्बर प्रदेश सरकारलाई सम्बन्धित जिल्लामा नै सेवाग्राही कार्यान्वयन इकाई स्थापना गर्न निर्देशन दिईएको छ । प्रदेशसभा भवन हेटौंडामा विहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सरकारको प्रमुख सचिव आनन्दराज ढकाल र अर्थ मन्त्रालयका उपसचिव घनश्याम पन्थीलाई डाकिएको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रममा यो विषयलाई सम्बोधन गर्न निर्देशन दिएको समितिका सभापति न्हुक्षे नारायण श्रेष्ठले जानकारी दिए । 
बैठकमा चालू आर्थिक बर्षको राजस्व संकलन र पूँजिगत खर्चको अवस्थाबारे जानकारी लिईएको थियो । बैठकमा चालू आवमा ९ अर्ब राजस्व संकलनको लक्ष्य राखिएकोमा ७ अर्ब राजस्व संकलन हुने र पूँजिगत खर्च २०% पुर्‍याउने जानकारी दिईएको थियो । 
बैठकमा योजना स्थलगत अवलोकन भ्रमण उपसमितिले तयार गरेको प्रतिवेदन समेत बुझाईएको थियो । प्रतिवेदनमा उल्लेख भएका कर्मचारी समस्या, योजना कार्यान्वयनका चुनौति लगायतका समस्या समाधानका लागि भ्रमणबाट प्राप्त राय सुझाव कार्यान्वयन गर्न समेत निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार