२० मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुर धार्मिक पर्यटनका लागि उपयुक्त जिल्ला भएको बताएका छन् ।
हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि सोमबार शुरु भएको महायज्ञको उद्घाटन गर्दै राज्यमन्त्री बानियाँले मकवानपुरका धार्मिक क्षेत्रहरुको विकास गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । उनले मकवानपुर गढीस्थित बंशगोपाल मन्दिर, त्रिखडेश्वर महादेव मन्दिर, चिसापानी गढी, पाथीभारा, त्रिवेणीधाम, पुण्यक्षेत्र, चुरियामाई लगायतका क्षेत्रको विकास गर्न सके धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सकिने बताए ।
उनले धार्मिक क्षेत्रको विकासमा राजनीति नगर्न आग्रह गर्दै धर्मका नाममा हुने राजनीतिले विकृति बढ्नेतर्फ सचेत रहन सुझाव दिए । मकवानपुरलाई पर्यटकिय जिल्लाको रुपमा विकास गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउँदै राज्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा जिल्लाका लागि समेत उदाहरणिय काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सिमरा र भरतपुरमा जाडोयाममा हुस्सुका कारण विमान अवतरणमा समस्या पर्ने भएकाले उपयुक्त वातावरण रहेको मकवानपुरमा आकस्मिक अवतरणका लागि विमानथलको प्रस्ताव अघि बढाउने बताए । उनले शक्तेश्वर मन्दिर क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताउँदै प्रस्तावसहित आउन आग्रह गरे ।
यसअघि महायज्ञस्थलबाट शुरु भएको कलश र पञ्चेबाजासहितको शोभायात्रा रंगशाला, हात्तिलेट, पुतलीबजार, बंशगोपाल मन्दिर पुगेर पुनः महायज्ञस्थल फर्किएको थियो । महायज्ञ मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक रामकृष्ण कोइराला, गोविन्द दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक एवं धार्मिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















