२० मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुर धार्मिक पर्यटनका लागि उपयुक्त जिल्ला भएको बताएका छन् ।
हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि सोमबार शुरु भएको महायज्ञको उद्घाटन गर्दै राज्यमन्त्री बानियाँले मकवानपुरका धार्मिक क्षेत्रहरुको विकास गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । उनले मकवानपुर गढीस्थित बंशगोपाल मन्दिर, त्रिखडेश्वर महादेव मन्दिर, चिसापानी गढी, पाथीभारा, त्रिवेणीधाम, पुण्यक्षेत्र, चुरियामाई लगायतका क्षेत्रको विकास गर्न सके धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सकिने बताए ।
उनले धार्मिक क्षेत्रको विकासमा राजनीति नगर्न आग्रह गर्दै धर्मका नाममा हुने राजनीतिले विकृति बढ्नेतर्फ सचेत रहन सुझाव दिए । मकवानपुरलाई पर्यटकिय जिल्लाको रुपमा विकास गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउँदै राज्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा जिल्लाका लागि समेत उदाहरणिय काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सिमरा र भरतपुरमा जाडोयाममा हुस्सुका कारण विमान अवतरणमा समस्या पर्ने भएकाले उपयुक्त वातावरण रहेको मकवानपुरमा आकस्मिक अवतरणका लागि विमानथलको प्रस्ताव अघि बढाउने बताए । उनले शक्तेश्वर मन्दिर क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताउँदै प्रस्तावसहित आउन आग्रह गरे ।
यसअघि महायज्ञस्थलबाट शुरु भएको कलश र पञ्चेबाजासहितको शोभायात्रा रंगशाला, हात्तिलेट, पुतलीबजार, बंशगोपाल मन्दिर पुगेर पुनः महायज्ञस्थल फर्किएको थियो । महायज्ञ मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक रामकृष्ण कोइराला, गोविन्द दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक एवं धार्मिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


