सुनिल शिवाकोटी
११ जेठ, हेटौँडा । जलवायु परिवर्तनले गर्दा देशभर गर्मी बढने क्रम रोकिएको छैन।दिनप्रति दिन तापक्रम बढदै गएको छ ।जलवायु परिवर्तनको असर प्रदेश ३ को राजधानी हेटौँडामा पनि देखिएको छ ।
गर्मी छल्नका लागि तथा रमाइलो गर्न उत्कृष्ट गन्तव्य बन्दै आएको छ भिमफोदी गाउपालिका २मा रहेको त्रिखण्डी,राप्ती खोलाका किनारमा रहेको उक्त स्थान आजभोलि बिशेषगरी शनिबार आन्तरिक पर्यटक तथा बहिय पर्यटनकले खचाखच भरिने गरेको छ ।युगलजोडि हुन या वृद्ध वा युवाजमात सबैको मनोरञ्जन तथा गर्मी छल्ने तथा मन भुलाउने गन्तव्यको रुपमा स्थापना भईरहेको छ त्रिखण्डी ।
गर्मी भुलेर एकछिन भएपनि परिवारका सदस्य तथा साथीभाइसंग बसेर मिठो खाएर गर्मी छल्ने प्रयास गर्ने गरेको उक्त स्थानमा आएकाहरुले बताए ।
प्रस्टखबर टिम त्रिखण्डी पुग्दा वनभोज खान भारतको रक्सौलबाट आएर राजेश गुप्ताले त्रिखण्डी खुलेरै गर्मी भुलाउने गन्तव्य भएको बताएका छन । आफु साथीहरुसंग प्राय हरेका शनिबार त्रिखण्डी आउने गरेको भन्दै गुप्ताले गर्मी छल्न राप्ती खोलामा पौडि खेल्ने र शित्तल छहारीमा बसेर रमाइलो गर्ने गरेको बताए ।
त्यसैगरी विरगन्जबाट वनभोज खान आएका विरगन्ज खडकी समाजका एक जना सदस्य श्याम खडकीले यस क्षेत्र मनमोहक र रमणीय भएकोले वनभोजका लागि ५० किलोमिटरबाट आएको बताए ।
विशेषगरी बारा ,पर्सा, रौतहतका साथै भारतको विभिन्न स्थानबाट मानिसहरुले आउने गरेकोले शनिबार प्राय भिडभाड हुने उक्त स्थानमा होटल संचालन गर्दै आएका भक्त बहादुर रानाले बताए ।
रानाले शनिबार परिवार सहित स्कुल कलेजका विद्यार्थीहरु वनभोज खान खोलामा पौडि खेल्न आउने गरेको भन्दै शनिबार बढी व्यापार हुने बताए। त्यसैगरी स्थानिय गोमा लामाले बषौ अघि उक्त स्थानमा हेटौँडा वरपरबाट मात्र वनभोज खान तथा पौडी खेल्नका लागि आउने गरेकामा अहिले वनभोज खान तथा गर्मी छल्नका लागि पौडी खेल्नकै लागि हेटौँडा सहति प्रदेश २ का विभिन्न जिल्ला तथा भारतको विहारबाट समेत मानिसहरु आउने गरेको बताइन।
हजारैको संख्यामा मानिसहरुको चहलपहल हुने उक्त स्थानको सेडहरी निर्माण गरी, विक्षारोपण गरी गाउपालिकाले गुरु योजनाका साथ अगाडी बढने सके त्रिखण्डीलाई उत्कृष्ट वनभोज स्थल तथा पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने पक्का देखिन्छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















