फोटोः जिप्रका मकवानपुर
१२ जेठ, हेटौँडा । हेटौँडा बजारको होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको छ भन्ने विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि मकवानपुर प्रहरीले त्यसको नियन्त्रणमा सक्रिया देखाएको छ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबा खटि गएको प्रहरी टोलिले हेटौडा उपमहानगरपालिका– ११ थानाभर्याङ स्थित अमोल होटलमा अनैतिक कार्य हुने गरेको भनि प्राप्त सुचनाको आधारमा होटलमा यौनजन्य तथा अनैतिक क्रियाकलाप गर्न गराउन सहयोग गरेको भन्दै होटल सञ्चालक सहित एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले होटल सञ्चालक हेटौंडाको नवलपुर बस्ने ३४ वर्षीय सन्तोष चौलागाई सहित एक महिलालाइ नैतिकता विरुद्धको अपराधमा संलग्न एक महिलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन । यौनजन्य क्रियाकलाप भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीको विशेष टोलि होटलको कोठा नं.२०५ मा आपत्तिजनक अवस्थामा महिलालाई फेला परे पछि होटल संचालकलाई नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । प्रहरीले पक्राउ परेका सञ्चालक सहित महिलालाई सार्वजनिक हित, स्वा्रंटस्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर अपराध मुद्दा जिल्ला अदालत मकवानपुरमा दर्ता गराएको जनाएको छ ।
प्रहरीले यस अघि पनि हेटौंडा–१० बसपार्कमा रहेको घलान होटल एण्ड लजमा यौनजन्य तथा अनैतिक क्रियाकलाप गर्न गराउन सहयोग गरेको भन्दै होटल सञ्चालक तथा होटलका काम गर्ने १ गरी दुई जनालाई पक्राउ गरेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















