Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बार्षिकोत्सवमा हेटौँडा ६ नम्बर वडाद्वारा समिक्षा

Woda-1558885419.jpg

१२ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले बार्षिकोत्सवमा आफ्नो समिक्षा गरेको छ ।
जनप्रतिनिधिको रुपमा सपथग्रहण गरेको २ बर्ष पुरा गरेको अवसरमा वडा कार्यालयमा जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको समिक्षा गरेका हुन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले आफुहरुको २ बर्षे कार्यकाल जनहितमा खर्चिएको बताए । लामो समयदेखिको जनप्रतिनिधिको रिक्ततालाई पूर्ति गर्ने गरी काम अघि बढाएको बताउँदै उनले चालु आर्थिक बर्षमा शुरु गरिएका सम्पूर्ण योजना सतप्रतिशत सम्पन्न गरेको बताए । उनले जनप्रतिनिधि आएपछि वडाको विकासले तिब्रता लिएको बताउँदै कार्यालय व्यवस्थापन, पूर्वाधार विकास र सामाजिक विकासमा वडा कार्यालयले काम गरेको दावि गरे । उनले विभिन्न क्षेत्रमा सडक कालोपत्रे, ढलान, खानेपानी, विद्युतिकरण लगायतका काम गरिरहेको भन्दै आगामी दिनमा पनि जनताको मागको आधारमा योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले आगामी आर्थिक बर्षमा चौघडा मक्रान्चुली सडक, विपि गणेशमान शान्ति पार्क, भुमिगत सिंचाई, बंशगोपाल प्राविधिक शिक्षालय, रामनगरमा बाल उद्यान, कर्राखोला तटबन्ध, नमूना लिंक रोड, चौघडा हेल्थपोष्टको स्तरोन्नति जस्ता योजनामा प्रदेश सरकारसंग बजेटमा माग गरेको जानकारी दिए ।
उपमहानगरपालिकाबाट प्राप्त सिलिङको आधारमा वडाको विकासका लागि सरोकारवालाहरुसंगको समन्वयका आगामी आर्थिक बर्षको योजना बनाईने चौलागाईले बताए । कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, रामहरी राई, वडा सचिव आमोद मैनाली, विभिन्न संघसंस्थाका पदाधिकारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार