१२ जेठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले ओली नेतृत्वको दुईतिहाईको सरकार निन्द्रामा बर्बराउने गरेको बताएका छन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा आईतबार पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै नेता केसीले दम्भका कारण वर्तमान सरकार वेहोसीमा पुगेको भन्दै निन्द्रामा पनि बर्बराउने गरेको बताए । उनले दम्भका कारण वर्तमान सरकारले जतिबेला जे पनि गर्न सक्ने भएकाले तयार अवस्थामा रहन कार्यकर्ताहरुलाई सचेत गराए । वर्तमान सरकारको गलत कामको प्रतिवाद गर्न कांग्रेस सक्षम रहेको भन्दै यसका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुर्लाइ केसीको आग्रह थियो ।
उनले नेपालमा कांग्रेसको विकल्पमा कुनै पार्टी र शक्ति नरहेको भन्दै कांग्रेसकै नेतृत्वमा तीनवटा ठूला ऐतिहासिक आन्दोलन गरेर देशलाई यो स्थानमा ल्याएको बताए । कम्युनिष्ट सरकारले नेपालको कानून र संविधान मिच्दै गरेका गलत निर्णय, वाईडबडीदेखि जलविद्युतसम्म व्यापक भ्रष्टाचार, हत्या हिंसा एवं बलात्कारलाई प्रश्रय मात्रै दिएको उनको भनाई छ । उनले यसबारे आम जनतालाई जानकारी दिने र सरकारलाई खबरदारी गर्न जागरण अभियान थालेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकार निरंकुशतातर्फ जाने हो भने विश्वबाट पलायन भएको कम्युनिष्ट शासन नेपालबाट पनि पलायन भएर जाने बताए । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले राणा, पञ्चायत र राजा फाल्दै जंगलमा हतियार लिएर जनता तर्साउँदै बसेको माओवादीलाई समेत संसदमा ल्याई संविधान ल्याउन र निर्वाचन गराउन सफल भएको बताए ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य एवं तरुण विभाग प्रमुख अर्जुन तिवारीले मन्तव्य व्यक्त गरेका थिए । जागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सय ३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







