Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

दुई तिहाईको सरकार निद्रामा बर्बराउने गर्छ : केसी

KC-1558886869.jpg

१२ जेठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले ओली नेतृत्वको दुईतिहाईको सरकार निन्द्रामा बर्बराउने गरेको बताएका छन् । 
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा आईतबार पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै नेता केसीले दम्भका कारण वर्तमान सरकार वेहोसीमा पुगेको भन्दै निन्द्रामा पनि बर्बराउने गरेको बताए । उनले दम्भका कारण वर्तमान सरकारले जतिबेला जे पनि गर्न सक्ने भएकाले तयार अवस्थामा रहन कार्यकर्ताहरुलाई सचेत गराए । वर्तमान सरकारको गलत कामको प्रतिवाद गर्न कांग्रेस सक्षम रहेको भन्दै यसका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुर्लाइ केसीको आग्रह थियो । 
उनले नेपालमा कांग्रेसको विकल्पमा कुनै पार्टी र शक्ति नरहेको भन्दै कांग्रेसकै नेतृत्वमा तीनवटा ठूला ऐतिहासिक आन्दोलन गरेर देशलाई यो स्थानमा ल्याएको बताए । कम्युनिष्ट सरकारले नेपालको कानून र संविधान मिच्दै गरेका गलत निर्णय, वाईडबडीदेखि जलविद्युतसम्म व्यापक भ्रष्टाचार, हत्या हिंसा एवं बलात्कारलाई प्रश्रय मात्रै दिएको उनको भनाई छ । उनले यसबारे आम जनतालाई जानकारी दिने र सरकारलाई खबरदारी गर्न जागरण अभियान थालेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकार निरंकुशतातर्फ जाने हो भने विश्वबाट पलायन भएको कम्युनिष्ट शासन नेपालबाट पनि पलायन भएर जाने बताए । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले राणा, पञ्चायत र राजा फाल्दै जंगलमा हतियार लिएर जनता तर्साउँदै बसेको माओवादीलाई समेत संसदमा ल्याई संविधान ल्याउन र निर्वाचन गराउन सफल भएको बताए । 
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य एवं तरुण विभाग प्रमुख अर्जुन तिवारीले मन्तव्य व्यक्त गरेका थिए । जागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सय ३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार