२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जिल्लामा रहेका नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक र ल्यावले डाक्टरको सिफारिसका अाधारमा अाफ्नो ल्यावबाट हुने परिक्षणमा नेपाल पत्रकार महासंघका सदस्यलाई ६० प्रतिशत छुट दिने, महासंघले उपलब्ध गराएको नामावली अनुसार मेलानले छुटका लागि परिचयपत्र उपलव्ध गराउने जनाईएको छ ।
बाहिरी जिल्लामा परिक्षणका लागि पठाउनु पर्ने भएमा पूर्ण शुल्क लाग्ने समेत जनाइएको छ । सहमति पुस १ गतेबाट लागू हुनेछ ।
कार्यक्रममा बोल्दै मेलान केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवले मेलान मकवानपुरले गरेको काम उदाहरणीय भएको भन्दै यसलाई देशभर विस्तारका लागि पहल गर्ने बताए ।
चुरेहिल अस्पतालका प्रवन्धक रविरमण अधिकारीले ल्याव परिक्षणका साथै अन्य सेवामा पनि सहुलियतका लागि अस्पताल प्रशासनमार्फत पहलको प्रतिबद्धता व्यक्त गरे ।
मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले यो काम देशभरमै नयाँ भएको बताउँदै यसले संचारक्षेत्र र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा भएका राम्रो कामको प्रचारप्रसार र विकृतिबारे उजागर गर्न समेत संचारकर्मीहरूलाई अाग्रह गरे ।
महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारू मगर, मेलान केन्द्रीय सदस्य रामबालक यादव, जिल्ला सचिव भुपेन्द्र गुप्ता, कोषाध्यक्ष रामकुमार इटेनी, विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















