२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जिल्लामा रहेका नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक र ल्यावले डाक्टरको सिफारिसका अाधारमा अाफ्नो ल्यावबाट हुने परिक्षणमा नेपाल पत्रकार महासंघका सदस्यलाई ६० प्रतिशत छुट दिने, महासंघले उपलब्ध गराएको नामावली अनुसार मेलानले छुटका लागि परिचयपत्र उपलव्ध गराउने जनाईएको छ ।
बाहिरी जिल्लामा परिक्षणका लागि पठाउनु पर्ने भएमा पूर्ण शुल्क लाग्ने समेत जनाइएको छ । सहमति पुस १ गतेबाट लागू हुनेछ ।
कार्यक्रममा बोल्दै मेलान केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवले मेलान मकवानपुरले गरेको काम उदाहरणीय भएको भन्दै यसलाई देशभर विस्तारका लागि पहल गर्ने बताए ।
चुरेहिल अस्पतालका प्रवन्धक रविरमण अधिकारीले ल्याव परिक्षणका साथै अन्य सेवामा पनि सहुलियतका लागि अस्पताल प्रशासनमार्फत पहलको प्रतिबद्धता व्यक्त गरे ।
मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले यो काम देशभरमै नयाँ भएको बताउँदै यसले संचारक्षेत्र र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा भएका राम्रो कामको प्रचारप्रसार र विकृतिबारे उजागर गर्न समेत संचारकर्मीहरूलाई अाग्रह गरे ।
महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारू मगर, मेलान केन्द्रीय सदस्य रामबालक यादव, जिल्ला सचिव भुपेन्द्र गुप्ता, कोषाध्यक्ष रामकुमार इटेनी, विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















