Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

काठमाडौं–तराई÷मधेश दु्रतमार्ग तोकिएकै समयमा सम्पन्न हुनेः नेपाली सेना

yubaraj-dulal-19-1559047673.jpg

१४ जेष्ठ, हेटौँडा । नेपाली सेनाले काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । 
नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।
मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उनले आगामी २०७९ साल असोज महिना भित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको जानकारी दिए । 
निर्धारित समय सिमा भित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताए ।
सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको उल्लेख गर ।
उनले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकि रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताए ।
यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रीपरिषद बैठकबाट स्विकृत गरी काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार