१५ जेष्ठ, हेटौँडा । सरकारले खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ ।
आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष सहित नया आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक बर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ ।
त्यसैगरी श्रम तथा रोजगारी श्रृजनालाई बजेटमा प्राथमिकता दिईएको छ । श्रम र रोजगारमा ७ अर्ब १४ करोड रुपैया विनियोजन गरिएको छ ।
आफ्नो गाउ आफै बनाउ भन्ने भावना अनुसार विकास निर्माण गर्ने तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजानका लागि ५ अर्ब १ करोड विनियोजन गरिएको छ । बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ ।
नेपालमा कोही भोकै पर्दैन भोकले कोही मर्दैन भन्ने प्रतिवद्धता पुरा गर्ने कार्यक्रमहरु संचालन गर्ने गरि बजेट विनियोजन गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षलाई युवा परिचालनको बर्षको रुपमा मनाउने गरि युवा लक्षित कार्यक्रम गरिने भएको छ । अर्थमन्त्री खतिवडाले आगामी बर्ष युवा बैज्ञानिक सम्मेलन आयोजना गरिने बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि २२ करोड विनियोजन गर्नुको साथै महिला विरुद्धका हिंसा विरुद्ध कार्यक्रम सहित वादी महिलाहरुको लागि आवास विकास योजना संचालन गरिने भएको छ । त्यसैगरी बालगृह सुधार र स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।
महिला बालबालिका र ज्येष्ठ नागरिक तर्फ ७८ करोड बजेट विनियोजन भएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















