१५ जेष्ठ, हेटौँडा । सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य राख्ने गरि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क सहित गुणस्तरीय बनाउने लक्ष सहित बजेट विनियोजन गरिएको जानकारी दिए ।
सबैलाई स्वास्थ्य विमाको दायरामा ल्याउने उद्देश्य सहित सरकारले सबै जिल्लामा स्वास्थ्य विमा संञ्चालनका लागि ६ अर्ब विनियोजन गरेको छ । क्यान्सर लगायतका महिला जन्य रोगको निशुल्क जाँचका लागि बजेट विनियोजन गरिएको छ ।
विपन्न नागरिकलाई ८ प्रकारका जटिल रोगको उपचारका लागि २ अर्ब २० करोड छुट्याईएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्चका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । महिला स्वास्थ्य सेविकाका लागि बार्षिक ३ हजार यातायात खर्च दिने गरि १५ करोड विनियोजन गरिएको छ ।
सिकलसेल एनिमियाका लागि विशेष कार्यक्रम संचाालन गर्न बजेट छुट्याईएको छ । स्वास्थ्य सम्बन्धी साझेदारी कार्यक्रमका लागि १ अर्ब रुपैया ,आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा उपलब्ध गराउन स्थानीय तहको सहभागीतामा स्वास्थ्य संस्था निर्माण गर्न ५ अर्ब र न्युनतम स्वास्थ्य पुर्वाधारका लागि ६ अर्ब रुपैया विनियोजन गरिएको छ ।
विशिष्टीकृत स्वास्थ्य सेवाका लागि कोशी, भरतपुर, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अंचल र डडेलधुरा अंचल अस्पतालको स्तरोन्नती गर्न १ अर्ब रुपैया विनियोजन गरिएको छ । राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ४० करोड रुपैया विनियोजन गरिएको छ ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट केन्द्रको पुर्वाधार निर्माण, बाँकेको शुशिल कोइराला प्रखर अस्पताल संचालनमा ल्याउन, सिरहामा क्यान्सर अस्पताल निर्माण गरि विपि कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा संचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
सरकारले मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेस्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको छ । विर अस्पतालको सेवालाई विस्तार गर्दे भक्तपुरको दुवाकोटमा अत्याधुनिक भवन निर्माणका लागि ४० करोड विनियोजन गरिएको छ ।
आगामी बर्ष स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जिवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ्य उपभोग गर्ने बानी विस्तारका लागि जनचेतना मुलुक कार्यक्रम पनि संचालन गरिने भएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


