१५ जेष्ठ, हेटौँडा । सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य राख्ने गरि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क सहित गुणस्तरीय बनाउने लक्ष सहित बजेट विनियोजन गरिएको जानकारी दिए ।
सबैलाई स्वास्थ्य विमाको दायरामा ल्याउने उद्देश्य सहित सरकारले सबै जिल्लामा स्वास्थ्य विमा संञ्चालनका लागि ६ अर्ब विनियोजन गरेको छ । क्यान्सर लगायतका महिला जन्य रोगको निशुल्क जाँचका लागि बजेट विनियोजन गरिएको छ ।
विपन्न नागरिकलाई ८ प्रकारका जटिल रोगको उपचारका लागि २ अर्ब २० करोड छुट्याईएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्चका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । महिला स्वास्थ्य सेविकाका लागि बार्षिक ३ हजार यातायात खर्च दिने गरि १५ करोड विनियोजन गरिएको छ ।
सिकलसेल एनिमियाका लागि विशेष कार्यक्रम संचाालन गर्न बजेट छुट्याईएको छ । स्वास्थ्य सम्बन्धी साझेदारी कार्यक्रमका लागि १ अर्ब रुपैया ,आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा उपलब्ध गराउन स्थानीय तहको सहभागीतामा स्वास्थ्य संस्था निर्माण गर्न ५ अर्ब र न्युनतम स्वास्थ्य पुर्वाधारका लागि ६ अर्ब रुपैया विनियोजन गरिएको छ ।
विशिष्टीकृत स्वास्थ्य सेवाका लागि कोशी, भरतपुर, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अंचल र डडेलधुरा अंचल अस्पतालको स्तरोन्नती गर्न १ अर्ब रुपैया विनियोजन गरिएको छ । राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ४० करोड रुपैया विनियोजन गरिएको छ ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट केन्द्रको पुर्वाधार निर्माण, बाँकेको शुशिल कोइराला प्रखर अस्पताल संचालनमा ल्याउन, सिरहामा क्यान्सर अस्पताल निर्माण गरि विपि कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा संचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
सरकारले मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेस्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको छ । विर अस्पतालको सेवालाई विस्तार गर्दे भक्तपुरको दुवाकोटमा अत्याधुनिक भवन निर्माणका लागि ४० करोड विनियोजन गरिएको छ ।
आगामी बर्ष स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जिवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ्य उपभोग गर्ने बानी विस्तारका लागि जनचेतना मुलुक कार्यक्रम पनि संचालन गरिने भएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















