१६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रममाथि विहिबारदेखि छलफल शुरु भएको छ । प्रदेशसभा भवन हेटौँडामा विहिबारबाट छलफल शुरु भएको हो ।
छलफलमा भाग लिने प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा नाराको साहारा लिएको भन्दै विरोध गरेका छन् । उनीहरुले नाराले मात्रै प्रदेश समृद्ध नहुने भएकाले नाराको सहारा लिएको नीति तथा कार्यक्रममा आफुहरुलाई विश्वास नरहेको बताए । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले यो नीति तथा कार्यक्रमलाई नाराको भण्डार र कुराको पोकाको संज्ञा दिए । उनले २०७५÷०७६ मा ल्याएको उद्योग बर्षको नारा सफल नभएको भन्दै ०७६÷०७७ मा पनि नारा कार्यान्वयन हुनेमा आशंका गरे । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको हामी सबै उद्यमीको नारा कसरी पुरा हुन्छ, यसको आधार स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गरे । तलब दिएर स्वयम्सेवकका नाममा कार्यकता भर्ति गरिएको भन्दै उनले जनताको पसिनाबाट उठेको करबाट जथाभावी गर्ने नरहेको भन्दै प्रदेश बिकास स्वय्म सेवक कार्यक्रम बन्द गर्न माग गरे । उनले मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम नारामै सिमित भएको भन्दै आगामी बर्ष प्रदेशका नागरिकले कम्तिमा बर्षमा एक पटक स्वास्थ्य परिक्षण गर्न पाउने व्यवस्था मिलाउन सुझाव दिए । आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य दिपेन्द्र शाक्यले वर्तमान सरकारको कार्यशैली निकम्मा रहेको बताए । उनले भने–‘निकम्मा सरकारका विवेकहिन मन्त्रीका कारण बजेट खर्च हुन सकेको छैन ।’ उनले मूख्यमन्त्रीले दाजुभाईलाई अंश बाँडेजस्तो गरी भेदभावपूर्ण ढंगले बजेट बाँडेको आरोप समेत लगाए ।
प्रदेशसभा सदस्यहरु एकनाथ दाहहाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेलले नीति तथा कार्यक्रम समय सापेक्षा र प्रदेश विकासको स्पष्ट खाकाको रुपमा आएको बताए । उनले यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बुझाब दिए । प्रदेशसभा सदस्य न्हुक्षेनारायाण श्रेष्ठले प्रदेशको विकासका लागि बैदेशिक ऋण भन्दा निर्शत बैदेशिक ऋण लिने नीतिलाई अवलम्बन गर्नुपर्ने बताए । सार्वजनिक खरिद ऐन विपरित १२ करोड भन्दा बढिका सामान खरिद गरिएको भन्दै उनले सुशासन कायम गर्न खरिद ऐनका पूर्ण पालनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए । छलफलमा प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल, प्रदिपकुमार कटुवाल क्षेत्रीय, भीमसेन खत्री, रजनी जोन्छे, विजया केसी, जीवन डंगोल, गिता वाग्ले लगायतले धारणा राखेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















