१७ जेठ, हेटौँडा । आफ्नै पसल आफै चोरी गर्ने अनि चोरी भयो भन्दै प्रहरीमा उजुरी दिएको कुरा सुन्दा सबैलाई अच्म्म लाग्न सक्छ तर मकवानपुरमा यस्तै भएको छ ।
आफै चोरी गर्ने अनि पसल चोरी भयो भनेर पत्रकार तथा प्रहरीलाई झुक्याउने एक जना मकवानपुर प्रहरीको फन्दामा परेका छन । बन्द भएको पसल चोरी भयो भन्दै पत्रकारलाई भ्रम पैदागरी व्यापारी तथा सुरक्षा चुनौती भयो भन्दै प्रहरीलाई झुक्याएको आरोपमा मकवानपुर प्रहरीले घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले घिमिरेलाई उक्त पत्रकार भेटघाट मार्फत सार्वजनिक समेत गरेको छ । घिमिरेले गत जेठ ११ गते पसल बन्द भएको अवस्थामा पसलबाट ३ लाख १२ हजार नगद सहित ३२ लाख ९३ हजार २ सय ८४ रुपैँया बराबरको इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक सामग्रीहरु चोरी भएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।
जिल्लाको मुख्य चोकमा प्रदेश ३ को राजधानी हेटौँडा र सम्रग मकवानपुर जिल्लाको सुरक्षालाई चुनैती सहित भएको चोरीको उजुरी पर्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरि अनुसन्धान अघि बढाउदा त्यसको एक हप्ता नवित्दै भट्टराईको नेतृत्वमा अनुसन्धान टोलीले घिमिरे स्वयमले सामान लुकाएर चोरी भएको नाटक गरी पत्ता लगेको र घिमिरेलाई नियन्त्रण लिई अनुसन्धान गर्दा उनले व्यक्तिगत फाइदाको लागि पसल चोरी भएको भ्राम फैलाएको पक्ता लागेको हो ।
अनुसन्धान टोलीका संयोजक जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराइले बंैकमा भएको ५० लाख ऋण तिर्नको र इन्सोरन्स क्रेल् मगर्नका लागि आफैले समान लुकाएर चारी भएको नाटक गरेको बताए ।
त्यसैगरी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घिमिरेले चोरी गरेको सामन हेटौँडा ४ पारिजातपथमा एक घरबाट बरामद समेत गरेको जानकारी दिएका छन । उनीमाथी म्याद थप गरि कानुन बमोजिम कारबाहीको पकृया अघि बढाइएको बताइएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


