१७ जेठ, हेटौडा । आफनो संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ शुक्रवार मकवानपुरगढी–२ स्थित शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज प्रमोद रौनियारले स्वास्थ्य चौकीले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । स्वास्थ्य चौकीले खोप सेवा, गाउँघर क्लिनिक, प्रसुती सेवा, गर्भ जाँच, क्षयरोगी, कुष्ठरोग, लगायतका कामहरु गरेको ईन्चार्ज रौनियारले बताए । परिवार नियोजन सेवा,पोषण, आकस्मिक सेवा, प्रयोगशाला,एम्वुलेन्स सेवा, महिला स्वास्थ्य स्वयमसेविका परिचालन, प्राथमिक उपचार सेवा लगायतका सेवा स्वास्थ्य चौकीले संचालन गर्दै आएको छ ।
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता एवम मकवानपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष बखान सिं पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला चौलागाई, वडा सदस्य रामप्रसाद पुडासैनी, हेमकर्ण आधारभूत विद्यालयका प्रअ मोहनराज स्याङतान, कालीदेवी आधारभूत विद्यालयका प्रअ केशप देवकोटा,स्वास्थ्य चौकीका सदस्य गोपालप्रसाद गौतम, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र वडाबासीहरुको उल्लेख्य सहभागिता थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















