१७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले जेठ १४ गते प्रस्तुत गरेको आव ०७६/०७७ को नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दल विपक्षमा उभिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि परेको ६ वटा संशोधन प्रस्ताव पनि बहुमतले अस्विकृत भएको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि संशोधनकर्ता प्रदेशसभा सदस्यहरु नरोत्तम बैद्य, विजया श्रेष्ठ केसी, रमेश पौड्याल, शोभा शाक्य, रिता माझी र रिना गुरुङले फिर्ता नलिने जनाएपछि निर्णयार्थ प्रस्तुत हुँदा संशोधन पनि अस्विकृत भएको थियो ।
यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरुको धारणाको जवाफ दिंदै मूख्यमन्त्री डोरमणी पौडेलले सुझाव सकारात्मक रहेको बताएका थिए । उनले विगतको समिक्षा र आगामी बर्ष काम गर्ने संकल्पका साथ नीति तथा कार्यक्रम ल्याईएको बताएका थिए । नीति तथा कार्यक्रममाथि विहिबार ५१ जना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







