Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश ३मा सबैभन्दा धेरै असमानता 

62072322_2521528521212480-1559491998.jpg


सुनिल शिवाकोटी 
१९ जेठ, हेटौँडा
। सन २०३० सम्म १७ वटा उद्देश्य सहित दिगो विकासका लक्ष्यका लागि विकसित देशमा रुपान्तरण हुन अग्रसर रहेको नेपाल साथै नेपालमा रहेका ७ वटै प्रदेश सरकारले अहिले दिगो विकासमा लक्ष्यहरुलाई संस्थागत गर्न लागिपरेको छन । दिगो विकासका लक्ष्यका लागि के गर्न सकिन्छ भन्ने विषयमा आईतबार हेटौँडामा अन्तरक्रिया भएको छ। 
 यद्यपी १७ वटा दिगो विकासका उदेश्य मध्य उदेश्यनम्बर ५, १० र १६मा रहेको असमानता तथा समावेशीकरणको क्षेत्रमा प्रदेश नम्बर ३मा सर्बभन्दा धेरै असमानता रहेको तथ्य सार्वजनिक भएको छ । आइतबार संयुक्त राष्ट्र विकास कार्यक्रमको सहकार्य तथा प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगको आयोजनामा दिगो विकास लक्ष्य स्थानीयकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा तथ्य बाहिर आएको हो । 
प्रध्यापक डाक्टर पिताम्बर शर्माले दिगो बिकास लक्ष्यहरु र प्रदेशको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुतीका क्रममा यो तथ्य सार्वजनिक भएको हो । 
प्रदेश ३मा महिलाहरुको सम्पतिमाथिको स्वामित्व  २४.१ प्रतिशत रहेको र प्रदेश ३ मा अन्य प्रदेशको तुलनामा गरीबि प्रोफाइल राम्रो रहेको पाइएयो छ । हाल गरीबि प्रोफाइल २०.५९ प्रतिशत रहेको र सन २०३० सम्म उक्त प्रोफाइललाई ४ं.९ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताइएको छ ।  
सामाजीक बिकास, आर्थीक बिकास तथा पुर्वाधार संरचना तथा गरिबी निबारन गरी ३ समुह बनाई गरिएको अन्तरक्रियामा प्रदेश ३ का सम्बन्धीत क्षेत्रका समितिका सभापति तथा मन्त्रालयका प्रतिनिधिहरुले दिगो बिकासमा लक्ष्य प्राप्तीका लगि गर्ने सकिने योजना तथा सम्बन्धीत क्षेत्रबाट भएको उपलब्धीको बारेमा जानकारी गराएका थिए । 
त्यसैगरी कार्यक्रममा बोल्दैे प्रदेश ३का सभामुख सानुकुमार श्रेष्ठले अहिले बोल्ने समय भन्दा पनि दिगो बिकासमा उद्देश्य प्राप्तीका लागि काम गर्ने बोला भएको बताउदै “पोलिटीकल रेभुलोसन गरेर आएकाहरुले अब इकोनोमिक रेभुलोसन” गर्न जरुरी रहेको बताए । सभामुख श्रेष्ठले बिकासमा क्रान्ति देखिनुपर्ने बताए ।  
प्रदेश ३ नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकाश मन्त्री युवराज दुलाल लगायत प्रदेश संसद,पत्रकार,विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधहरुले दिगो बिकासका लक्ष्य प्राप्त गर्न सकिने सुझाबहरु दिएका थिए । 

61696857_670956213355374_-1559491998.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार