सुनिल शिवाकोटी
१९ जेठ, हेटौँडा । सन २०३० सम्म १७ वटा उद्देश्य सहित दिगो विकासका लक्ष्यका लागि विकसित देशमा रुपान्तरण हुन अग्रसर रहेको नेपाल साथै नेपालमा रहेका ७ वटै प्रदेश सरकारले अहिले दिगो विकासमा लक्ष्यहरुलाई संस्थागत गर्न लागिपरेको छन । दिगो विकासका लक्ष्यका लागि के गर्न सकिन्छ भन्ने विषयमा आईतबार हेटौँडामा अन्तरक्रिया भएको छ।
यद्यपी १७ वटा दिगो विकासका उदेश्य मध्य उदेश्यनम्बर ५, १० र १६मा रहेको असमानता तथा समावेशीकरणको क्षेत्रमा प्रदेश नम्बर ३मा सर्बभन्दा धेरै असमानता रहेको तथ्य सार्वजनिक भएको छ । आइतबार संयुक्त राष्ट्र विकास कार्यक्रमको सहकार्य तथा प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगको आयोजनामा दिगो विकास लक्ष्य स्थानीयकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा तथ्य बाहिर आएको हो ।
प्रध्यापक डाक्टर पिताम्बर शर्माले दिगो बिकास लक्ष्यहरु र प्रदेशको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुतीका क्रममा यो तथ्य सार्वजनिक भएको हो ।
प्रदेश ३मा महिलाहरुको सम्पतिमाथिको स्वामित्व २४.१ प्रतिशत रहेको र प्रदेश ३ मा अन्य प्रदेशको तुलनामा गरीबि प्रोफाइल राम्रो रहेको पाइएयो छ । हाल गरीबि प्रोफाइल २०.५९ प्रतिशत रहेको र सन २०३० सम्म उक्त प्रोफाइललाई ४ं.९ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताइएको छ ।
सामाजीक बिकास, आर्थीक बिकास तथा पुर्वाधार संरचना तथा गरिबी निबारन गरी ३ समुह बनाई गरिएको अन्तरक्रियामा प्रदेश ३ का सम्बन्धीत क्षेत्रका समितिका सभापति तथा मन्त्रालयका प्रतिनिधिहरुले दिगो बिकासमा लक्ष्य प्राप्तीका लगि गर्ने सकिने योजना तथा सम्बन्धीत क्षेत्रबाट भएको उपलब्धीको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दैे प्रदेश ३का सभामुख सानुकुमार श्रेष्ठले अहिले बोल्ने समय भन्दा पनि दिगो बिकासमा उद्देश्य प्राप्तीका लागि काम गर्ने बोला भएको बताउदै “पोलिटीकल रेभुलोसन गरेर आएकाहरुले अब इकोनोमिक रेभुलोसन” गर्न जरुरी रहेको बताए । सभामुख श्रेष्ठले बिकासमा क्रान्ति देखिनुपर्ने बताए ।
प्रदेश ३ नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकाश मन्त्री युवराज दुलाल लगायत प्रदेश संसद,पत्रकार,विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधहरुले दिगो बिकासका लक्ष्य प्राप्त गर्न सकिने सुझाबहरु दिएका थिए ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


