२० जेठ, हेटौंडा। संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश ३ को प्रदेश सभा सचिवालय परिसरमा मिडिया सेन्टरको स्थापना गर्न माग गरेको छ ।
आइतबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य सुदीप शिवाकोटी लगायतको टोलीले सभामुख श्रेष्ठको कार्यकक्षमै पुगेर भेटी संसदीय पत्रकार अन्तर– प्रदेशको लुम्बिनी सम्मेलनलेको छ बुँदे घोषणापत्र बुझाउदै पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गर्दै प्रदेशसभामा मिडियाको पहुँच सहज बनाउन माग गरेका हुन् । मञ्च अध्यक्ष दाहालले पत्रकारलाई संसदमा सहज पहुँच उपलब्ध गराउँदा लोकतन्त्र बलियो र जनउत्तरदायी हुन सभामुखलाई आग्रह गरको थिए । त्यसैगरी संसदीय पत्रकार मञ्च अध्यक्ष दाहाल संगै पुगेका पत्रकारहरुले जनताले चुनेर पठाएका जनप्रतिनिधिले गरेका गतिविधि जनतासमक्ष पु¥याउनको लागि पत्रकारले महत्वपपूर्ण भूमिका खेलेको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, विधेयक छलफल, अन्तरक्रिया, अन्तरप्रदेश अनुभव आदानप्रदानलगायतका कार्यक्रम समेटेर आवश्यक बजेट बिनियोजन गर्न माग गरेको छ ।
अनुरोधपत्र बुझदै सभामुख श्रेष्ठले आफूले प्रदेशसभामा मिडिया सेन्टरको स्थापनाको तयारी गरेको बताए । उनले पत्रकारको क्षमता वृद्धिको लागि केही समयमा नै तालिम सञ्चालन गरिने पनि बताए । अनुरोधपत्र बुझाउने कार्यक्रममा पत्रकार सुवास बिडारी, प्रिया पौडेललगायतको उपस्थिति रहेको थियो ।
सभामुख श्रेष्ठलाई लुम्बिनीमा घोषणापत्र हस्तान्तरण
संसदीय पत्रकारले प्रदेश ३ले संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको गत जेठ ६ गतेदेखि ८ गतेसम्म लुम्बिनीमा भएको भेलाबाट जारी घोषणापत्र पनि सभामुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
संसदीय मामिला पत्रकारहरुको उक्त सम्मेलनले संसदको मर्यादामा रहेर संसदीय विषयका समाचारको रिर्पो्टिङलाई मर्या्दित बनाउने र समाचारमा तथ्य र विश्वसनीयता कायम गर्न अरु बढी संवेदनशील बन्नेलगायतका ६ बुँदे घोषणापत्र जारी गरेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







