Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि प्रथम

Hajiri-1559648790.jpg

२१ जेठ, हेटौँडा । ४७ औं विश्व वातवारण दिवसको अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि मकवानपुरगढी–२ मा रहेको चण्डिका मावि प्रथम भएको छ ।
हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको समन्वयमा भएको प्रतियोगितमा चण्डिकाका अभिषेक लामा र सन्ध्या बास्कोटाको टोली प्रथम भएको हो ।
प्रतियोगितामा जनप्रिय मावि हटियाका सन्देश जम्कट्टेल र सलिना श्रेष्ठको टोली दोस्रो र गोरक्षनाथ मावि फुर्केचौरका देवि खत्रि र माधव चौलागाईको टोली तेस्रो भएका छन् । १६ विद्यालय सहभागी प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले नगद ६ हजार र तेस्रोले नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
वन समूहका उपाध्यक्ष डोरबहादुर अधिकारीको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका अध्यक्ष कृष्ण विडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, कामधेनु बहुद्देश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, समूहकी सचिव नानीमैया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदारप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोबरग्याँस प्लान्ट निर्माण गर्ने १५ जना उपभोक्ताहरुलाई जनही एक हजारका दरले अनुदान रकम हस्तान्तरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार