२२ जेठ, हेटौँडा । स्वच्छ वायु स्वस्थ जिवन भन्ने मुल नारा सहित ४७ औँ विश्व वातावरण दिवस हेटौँडामा भब्य रुपमा मनाइएको छ । हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्व्य समितिको आयोजना तथा नगरभित्र रहेका विभिन्न टोल विकास संस्थाहरुको सहकार्यमा वातावरणीय सचेतना –यालाी तथा सभाको आयोजना गर्दै ४७ औँ विश्व वातावरण दिवस मनाइएको हो । हेटौँडा हुप्राचौरबाट विभिन्न भेषभुषा, कला संस्कृती झल्कने बाजागाजा सहित निस्किएको याली मेनरोड, सिमाचोक, बुद्ध चोक, पारिजातपथ हुदै भुटन्देवी स्कुलको चौरमा पुगेर सभामा परिणत भएको थियो ।
त्यसैगरी टोल बिकास संस्था मध्यमा उत्कृष्ट ¥याली प्रर्दशन गर्ने हेटौंडा ११ रहेको सिमल्टारमा टोलबिकाश संस्था प्रथम भएको छ ।सिमल्टारले नगद १० हजार हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेको छ । त्यसैगरी हेटौंडा ९ मा रहेको प्रगती टोलबिकास संस्था द्धितीय भएको छ । द्धितिय भएसंगै प्रगतीले नगद ७ हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेको छ । त्यसैगरी हेटौंडा ५ को अब्बलडाँडा टोल बिकास संस्था तितृय भएको छ । तेस्रो भएसंगै अब्बलडाँडाले पाँच हजार नगद सहित सम्मान पत्र हात पारेको छ । त्यसैगरी अन्य सातवटा टोल बिकास संस्थाहरु सान्त्वना भएका छन् । कार्यक्रममा यालीमा उत्कृष्ट हुने बिद्यालय र विभिन्न संघसंस्थाहरुलाई पनि पुरस्कृत गरिएको थियो । त्यसैगरी टोल विकास संस्थाका निबर्तमान अध्यक्ष इश्वर ढुंगाना, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड पनि सम्मान गरिएको थियो । सम्मानीत र पुरस्कृत भएकाहरुलाई हेटौँडा उपमहानगरपालिकका प्रमुख हरी बहादुर महत, उप–प्रमुख मिना कुमारी लामा लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रम टोल विकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष धुर्ब प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















