Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मिडिया काउन्सिल विधयक परिमार्जन गर्न सरोकारवालको जोड

1-1559728850.jpg

२२ जेष्ठ, हेटौँडा । सरकारले ल्याउने तयारी गरेको विवादस्पद मिडिया काउन्सिल विधयक परिमार्जन गरेर मात्रै ल्याउँनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने माग गर्दै बुधबार राजनीतिक दल, सञ्चारकर्मी, नागरिकस समाजका प्रतिनिधिहरु संगको छलफल कार्यक्रममा बोल्ने बक्तहहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले मिडिया काउन्सिल विधयक फिर्ता गर्नुको विकल्प नभएको बताए ।
मिडिया काउन्सिल विद्ययक सरकारको प्रेस माथीको निरंकुशता भएको आरोप लगाउँदै नेता बानियाँल राजनितिक आन्दोलनमा हातेमालो गरेको प्रेस जगतलाई अंकुस लगाएर सरकारले के गर्न खोजेको हो ? भनि प्रश्न गरे ।
नेता बानियाँले सरकारमा दुई तिहाइको दम्भ रहेको बताउँदै जे गरे पनि हुन्छ भन्ने भावना विकास भएको बताए । उनले स्वतन्त्र प्रेस लोकतन्त्रको पहिचान भएको बताउँदै नेपाली कांग्रेस सधै स्वतन्त्र प्रेसको पक्षमा रहेको स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश ३ का सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले मिडिया काउन्सिल विद्ययक जस्ताको तेस्तै पास नहुँने ठोकुवा गरिन । उनले चौतर्फि आग्रह र दवावका विच सरकारले विद्ययक जस्ताको तेस्तै पान गर्ने अवस्था नरहेको बताउँदै बिधयक सच्चिएर आउँनेमा आफु विश्वस्त रहको बताइन । सांसद शिग्देलले पत्रकारीता क्षेत्रमा व्यापक सुधारको आवस्यकता रहेको बताउँदै गलत गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्नेमा जोड दिइन । नेपाल पत्रकार महासंघ मकवानपुसरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुरका संयोजक धुर्बप्रसाद चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार