Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकार हो कि इकाई छुट्याउन गाह्रो : बानियाँ

Baniyaaa-1559749492.jpg

२२ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेश सरकार आफैंमा सरकार हो कि संघीय सरकारको इकाई हो छुट्याउन गाह्रो परिरहेको बताएका छन् । 

जनता टेलिभिजनद्वारा हेटौँडामा गरेका पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारदेखि संघीय सरकारसम्मले यसलाई इकाईको रुपमा संचालन गर्न खोजेको भन्दै आपत्ति जनाए । संघीयता कार्यान्वयन गर्ने हो भने प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संघीय सरकार र प्रदेश सरकार दुबैले काम गर्नुपर्ने बताए । प्रदेश सरकारले समेत आफुलाई बलियो ढगबाट प्रस्तुत गर्नुपर्नेमा केन्द्रकै इकाईको रुपमा प्रस्तुत गरिरहेको बताए ।

उनले आव ०७६/०७७ को प्रदेशको नीति तथा कार्यक्रम  नेतामुखी र कार्यकर्तामुखी रहेको बताए । पूर्णकालिन म्यान्डेटसहित दुई तिहाई प्राप्त प्रदेश सरकारले दिगो विकासको अवधारणा अघि सानुपर्नेमा जोड दिंदै उनले नेताहरुको नाममा योजना ल्याउँदैमा समृद्धि नआउनेतर्फ ध्यान दिनुपर्ने बताए । संघीय सरकार अन्तरगतको नेपाल प्रहरीलाई बजेट विनियोजन गर्नु संविधान विपरित भएको भन्दै उनले प्रदेश सरकारलाई संविधान विपरितको काम बन्द गर्न सुझाव दिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम सकारात्मक लक्ष्यका साथ अघि बढेको बताए । उनले नीति तथा कार्यक्रमबाटै प्रदेश समृद्ध हुने दावि समेत बताए । कार्यक्रममा नीति क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार