Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 हेटौंडा लेडी जेसीजले गर्‍यो वृक्षारोपणका साथै पोशाक वितरण

jady-jycee-1559750328.jpg

२२ जेठ, हेटौँडा । हेटौंडा लेडी जेसीजले हेटौंडा ९ मा रहेको त्रिवेणी आधारभूत विद्यालय परिसरमा वृक्षारोपण तथा  मनहरी गाउँपालिका वडा २ मा रहेको श्री प्राथमिक विद्यालय चकरी विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरेको छ ।  जेसीस सप्ताह अन्र्तगत  पहिलो दिन अर्थात बुधबार जेसीज सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ९ मा रहेको त्रिवेणी आधारभूत विद्यालय परिसरमा वृक्षारोपण  गर्नुका साथै मनहरी गाउँपालिका वडा २ मा रहेको श्री प्राथमिक विद्यालय चकरी विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको कार्यक्रम संयोजक जेसी सुमित्रा श्रेष्ठले बताईन । 
त्रिवेणी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद लामिछानेको तथा वडा ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी को आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र लेडी जेसीहरुको सहभागिता रहेको थियो । विद्यालय परिसरमा गोलमोर जातका फुलको विरुवा र अशोकको विरुवाका साथै विभिन्न जातका फुलहरुका विरुवा रोपिएको मुल कार्यक्रम संयोजक शुशिला पौडेलले जानकारी दिइन । 

त्यसैगरि हेटौंडा लेडी जेसीजल बुधबारनै मनहरी  २ चकरीमा  रहेको श्री प्राथमिक विद्यालय चकरी विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको छ । हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौला अध्यक्षतामा भएको कार्यक्रममा, वडा १ का अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका शिक्षा विकास शाखाका प्रमुख हरिशचन्द्र सापकोटा, प्रध्यानाध्यापक, विद्यालयका अध्यक्ष, एवं अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई पोशाक एवं स्टेशनरी वितरण गरिएको थियो । उक्त विद्यालयका ७५ जना विद्यार्थीलाई पोशाक एंव स्टेशनरी वितरण गरिएको कार्यक्रम संयोजक सर्मिला पौडेलले बताइन 
 उक्त कार्यक्रममा वर्ष निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह—मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंटा लेडि जेसीजका सदस्यहरूको उपस्थिती रहेको थियो । त्यसैगरी हेटौंडा लेडी जेसीजले सप्ताह कार्यक्रम अन्र्तगत भोली  बिहिबार २३ गते हेटौँडा बुद्ध चोकमा स्लो स्कुटी रेस र दिउसो ४ बजे हेटौँडा १५ मा रहेको दिव्य आश्रम भोजन खुवाउने कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक शुशिला पौडेलले जानकारी दिइन । 

posak-1559750328.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार