Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः भारतको पहिलो जित, दक्षिण अफ्रिका लगातार ३ खेलमा पराजित

dhoni_mCDkCHARth-1559785394.jpg

२३ जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबारराति सम्पन्न आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
दक्षिण अफ्रिका भने बुधबारको खेलसँगै लगातार तेस्रो हार व्यहोर्न बाध्य भएको छ ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । 
भारतका लागि रोहित शर्माले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । 
यस्तै महेन्द्रसिंह धोनीले ३४, कप्तान विराट कोहलीले १८, केएल राहुलले २६ रन बनाए भने शिखर धवनले ८ रन बनाए । 
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । 
उसका लागी क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाए । यस्तै कागिसो रबाडा ३१ रनमा नट आउट रहे भने कप्तान फाफ डु प्लेसिस ४२ र फेलुकवायोले ३८ रन बनाए ।
बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहल एक्लैले ४ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान दुई÷दुई विकेट लिए । (एजेन्सी)
 

IMG_20190605_230122__01-1-1559785394.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार