Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्लो स्कुटी रेसमा लामा प्रथम

62222974_2451048711592632-1559804861.jpg

२३ जेठ, हेटौँडा , हेटौंडा लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गतका  बिहिबार  गल्फ स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न गरेको छ  । 
सिमा चोकबाट सुरु भएको स्लो स्कुटी रेस प्रतियोगिताको प्रथम  हुनेमा सुमित्रा लामा दोस्रो हुनेमा सुजाता श्रेष्ठ र तेस्रो हुनेमा उषा रोक रहेको कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । प्रतियोगितामा कुल १३ जना सहभागि रहेको जनाइएको छ । 
बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने भएकोले  सो बिषयमा सबैलाइ सचेतना होस भन्ने उद्देश्यले  जेसीज सप्ताह २०१९ अन्तर्गत दोश्रो दिनमा गल्फ स्लो स्कुटी प्रतियोगिता आयोजना कार्यक्रम संयोजक पौडेलले बताइन । 
हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको सभाध्यक्षतामा भएको प्रतियोगितामा गल्फ लुब्रिकेन्टका हिरामणी त्रितालको प्रमूख आतिथ्यता  रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुर, कार्य्रकम संयोजक जेसी जुनु अर्याल निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, चन्द्रपुर सिटी जेसीजका संस्थापक अध्यक्ष जेसी बाल कृष्ण श्रेष्ठ, पूर्व हेटौंडा लेडी जेसीज कि जेसी रश्मी बस्नेत, जेसी निशा रोका,बसामाडी जेसिसका पुर्व अध्यक्ष तथा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, प्रहरी लगायताकाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबैलाइै जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । 
त्यसैगरी आज बिहिबारनै  दोश्रो कार्य्रकम अन्तर्गत दिउसो ४ बजे हेटौँडा १५ मा रहेको दिब्य आश्रम आश्रीत वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको उक्त कार्यक्रम संयोजक दुर्गा विष्ट ठकुरीले प्रस्ट खबरलाई जानकारी दिइन । 

61986380_454582012044230_-1559804861.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार